राष्ट्रपति पौडेलले छठीमाईको पूजा आराधनामा व्यस्त

- November 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलसंगै उनको धर्मपत्नी सविता पौडेलले समेत अस्ताउँदो सूर्यलाई अर्घदान गरेर पुजा आराधना गरेका हुन ।

राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा पुगेका थिए । त्‍यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा आराधना गरे । राष्ट्रपति पौडेल गुह्येश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।

यस्तै कमलपोखरीको पूजास्थलमा प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए । यसैबीच, उपराष्ट्रपति रामसहाय प्रसाद यादव सवा ४ बजेको समयमा सानेपास्थित राजतीर्थस्थलमा बनाइएको छठघाट र ५ बजे कमलपोखरी पुगेर अस्ताउँदो सूर्यको पूजा आरधना गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!