मेलम्ची (सिन्धुपाल्चोक) । मेलम्ची नगरपालिकाले ‘घुमौ मेलम्ची, अभियान सुरु गरेको छ । घुमौ मेलम्ची भन्ने मुल नाराका साथ सहज र सुरक्षित तरिकाले मेलम्चीको पर्यटकीय स्थल घुम्न सक्ने भन्दै नयाँ कार्यक्रम ल्याएको र देशव्यापी बनाउन अभियान थालेको मेलम्ची नगरप्रमुख आइतमान तामाङले बताएका छन् ।
मेयर तामाङले पर्यटकीय क्षेत्रको अबलोकन गर्दैै मेलम्चीमा धेरै पर्यटकीय सम्भावना बोकेको स्थल छन्, पूर्वाधार निर्माण र प्रचार हुन नसकेकाले सो कार्य गर्ने गराउने गरि अभियान सुरु गरेको बताए । उनले भने,‘ अब सामूहिकरुपमा प्रवर्द्वनात्मक कार्यक्रम ल्याएर उच्चतम पर्यटक भित्र्याउने लक्ष्यका साथ हामीले कार्यक्रम तय गरेका छौ, पर्यटक र कृर्षीबाट नै देशको अर्थतन्त्रमा विकास हुने छ ।’
यस बिषयमा तपाइको प्रतिक्रिया...!