सूर्य राई दनुवारको ‘हराउँछु म तिम्रो कल्पनामा’ सार्वजनिक

- November 11, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली गीत संगीतको बजारमा बिभिन्न प्रकृतिका दर्शक श्रोतालाई लक्षित गरेर गीत तथा म्युजिक भिडियोहरु बाक्लैरुपमा आई रहेका छन् ।
यहि शिलसिलामा गायक तथा संगीतकार सूर्य राई दनुवारको नयाँ गीत ‘हराउँछु म तिम्रो कल्पनामा’ सार्वजनिक भएको छ ।
संगीता घिसिङको शब्द, मनोज साङसोङ राईको संगीत, र राजु कार्कीको मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश सिंह ठकुरीको निर्देशन रहेको गीतको भिडियोमा विजय केसी र जागृती शाही ठकुरीको अभिनय तथा नृत्य रहेकोछ ।
कृपा टिभीमार्फत सार्वजनिक गरिएको गीतको भिडियोेमा सरोज शाहीको छायाँकन निराजन केसीको सम्पादन र कलरीङ रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!