जुत्ता उत्पादन संघका अध्यक्ष घिमिरे निलम्बन : फुटवेयर जोनको जग्गा प्रकरणमा ५ करोड घोटला

- November 9, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की

काठमाडौं । नेपाली उत्पादनको विकास र बिक्री वितरण गर्ने गराउने भन्दै स्थापना गरिएको नेपाली जुत्ताचप्पल उत्पादन संघ अर्थात फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालको वर्तमान अध्यक्ष नानीराज घिमिरेलाई सो संघले कारबाही गरिएको जनाएको छ । अध्यक्ष घिमिरेलाई निलम्बन गरेपछि कार्यबाहक अध्यक्षको जिम्मेवारी चोककुमार श्रेष्ठलाई दिईएको भएपनि उनले कार्यबाहक अध्यक्ष नबसेको संघका एक पदाधिकारीले बताएका छन ।

सरकारले ५ वर्षअघि ल्याएको दक्षिणकाली फुटवेयर जोन निर्माण योजनामा पुर्वअध्यक्ष रविनकुमार श्रेष्ठ र वर्तमान अध्यक्ष नानीराज घिमिरेले संस्थाका लागि विनियोजन भएको रकममा घोटला गरेको आराेप लगाउदै साे छानविन प्रकृया पुरा नहुनजेल सम्मलाई अध्यक्ष घिमिरेलाई गत असारदेखिनै लागु हुने गरि अध्यक्ष पदबाट निलम्बन गरिएको बताइएको छ । सरकारले नेपाली उत्पादनलाई संरक्षण गर्ने उदेश्यले बिनियोजन गरिएको ५१ करोड रुपैयाँको लगानीमा दक्षिणकालीमा ‘फुटवेयर जोन’ बनाउने योजना ल्याएको थियो ।

ठूलो रकम सो संस्था मातहत आएपछि रकम आफ्नो स्वार्थअनुसार खर्च गर्न पाउनु पर्ने अनेका चलखेल भित्रभित्र चर्को रुपमा भएसंगै जुत्ता उद्योगीहरुबीच विवाद समधान नहुदै जग्गा खरिदमा ५ करोड रुपैयाँ घोटला गरेको दाबी सो संघले गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, दक्षिणकाली नगरपालिका र फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको सहकार्यमा फुटवेयर जोन निर्माण गर्ने सहमति भएको थियो । पछि दक्षिणकाली नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत लगायतसंगको भित्रि मिलमतोमा तत्कालिन अध्यक्ष रबीन श्रेष्ठले निःशुल्क जग्गा पास गरेर रकम आफ्नो खातामा लगेसंगै विवाद उत्पन्न भएको थियो ।

विवादकै बीच श्रेष्ठको कार्यकाल सकिएसंगै बर्तमान अध्यक्ष  घिमिरेले समेत तत्कालिन अध्यक्ष श्रेष्ठलाई उन्मुक्ती दिदै सो अबैधधन्दामा साथ दिएकाे आराेप लगाउदै घिमिरेलाई अध्यक्ष पदबाट निलम्बन गरिएको संघका एक पदाधिकारीले बताएका छन् । दक्षिणकालीमा उक्त फुटवेयर जोन निर्माण गर्ने गरी उद्योगीहरुले काम सुरु गरेका थिए । त्यसको लागि ६ सय रोपनी जग्गा आवश्यक रहेको भनिएको थियो । सो क्षेत्रमा ३ सय जग्गा समेत उपलब्ध भइसकेको बताइएको थियो ।

२ सय रोपनी उद्योगीकै नाममा आइसकेको तत्कालिन अध्यक्ष श्रेष्ठले सार्वजनिक गरेका थिए । भने एक सय रोपनी खरिद प्रक्रियामा रहेको बताएका थिए । बाँकी ३ सय रोपनी जग्गा खरिदमा भने विवाद आएकोमा सोही जग्गा खरिदमा ५ करोड रुपैयाँ हिनामिना भएको ठहर संघको रहेको छ । विवादको सुरुवात नै उद्योगीहरुबाट भएको थियो ।

सुरुमा उद्योगीहरुले ३ सय रोपनी जग्गा खरिद गरेको जग्गा केही सस्तो परेको बताइएको थियो । उक्त स्थानमा उद्योग रहने चर्चा चलेपछि स्थानीय जग्गाधनीहरुले जग्गाको मूल्य बढाएको भन्दै रातारात जग्गाको मुल्य बृद्धि गरेर किनबेच गरेको आरोप लागेको छ ।

एउटै स्थानको जग्गा केहीले सस्तो किनेको र केहीले महंगो किन्ने भएपछि बाँकी जग्गा खरिदको लागि ५ वर्ष सम्ममा काम नै अघि बढेन् । तत्कालिन अध्यक्ष श्रेष्ठले ३ सय रोपनी जग्गा खोजिरहेका र स्थानीयसँग कुरो नमिलेको बताएका थिए । फुटवेयर जोनको पहुँच मार्ग नगरपालिका र मन्त्रालयले सुरुमा वाग्मती करिडोरलाई प्रयोग गराउने योजना बनाएको थियो । त्यसमा उद्योगीहरुले नमानेपछि थप विवाद उत्पन्न भएको थियो ।

पछि स्थानीयस्तरमा खनिएका बाटोलाई मर्मतसम्भार तथा स्तरोन्नति गरेर प्रयोग गर्ने सहमति भएपनि काम भने हुन सकेन । फुटवेयर जोन निर्माणको लागि भनेर मन्त्रालयले २०७६ सालमा ५ करोड बजेट विनियोजन गरेको थियो ।

उपत्यकाभित्र विभिन्न क्षेत्रमा फैलिएर रहेका जुत्ता चप्पल उद्योग फुटवेयर जोनमा रहने गरी जोनमा ४० प्रतिशत पुराना उद्योग, ३० प्रतिशत नयाँ उद्योग, २० प्रतिशत कच्चा पदार्थका सहायक उद्योग र १० प्रतिशत विदेशी लगानीका उद्योग स्थापना गर्ने गरी योजना बनाएको थियो ।

तर उद्योगीहरुबीच नै कमिशन खानकालागि प्रतिस्पर्धा चलेसंगै सो क्षेत्रमा फुटवेयर जोन बनाउन समेत अहिलेसम्म सकेका छैनन । नेपालमा आत्मनिर्भर हुनसक्ने वस्तु उत्पादनको प्रवद्र्धनकालागि सो योजना ल्याइएको थियो ।

यो पनि अध्ययन गर्न छुट्यो की ?

फुटवेयरकै अध्यक्ष र उपाध्यक्षको छुट्टाछट्टै जुत्ताचप्पल मेला

जुत्ता संघभित्र चर्कियो विवाद : कार्यसमितिबाटै विधान मिचेको आरोप

‘दक्षिणकाली फुटवेयर जोन’ का कारण जुत्ता संघभित्र चर्कियो विवाद

जुत्ता उत्पादक संघमा भाँडभैलो : साधारण सभामा पुर्वअध्यक्षहरुकै भएन सहभागी

नेपाली जुत्ता उत्पादनमा पनि आत्मनिर्भर झगडा गर्नमा पनि आत्मनिर्भर


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!