स्वास्थ्यमन्त्री बस्नेतले ४ लाख रुपैयाँ लिएर वीरमा गरे नियुक्ती : अख्तियारमा उजुरी ( सूचीसहित)

- November 9, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भएका नर्स र डाक्टरलाई तलब दिने पैसा नभएको भन्दै दशैको मुखमा नियोजित रुपमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले निकाले लगत्तै उनै मन्त्री बस्नेतकै आदेशमा नयाँ कर्मचारीलाई सरकारी अस्पतालमा नियुक्त गरेको छ ।

एक दिनको समय राखेर गोप्य रुपमा निकालिएको सुचनामा मन्त्री बस्नेतले तयार गरेको सूचीमा परेकाहरुसंग प्रति व्यक्ती ४ लाख रुपैयाँ मन्त्री बस्नेतका विशेष सल्लाहाकार विश्वरुप खड्कलाई रकम बुझाउन लगाई उनीहरुलाई नियुक्त समेत गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा गुपचुप एकदिने सूचना निकाली माग गरिएको आवेदन अनुसार कर्मचारी नियूक्त गरेको भन्दै सो छानविन गरि कारबाहीको माग राख्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दर्ता भएको छ ।

अख्तियारमा गरिएको उजुरी पत्र

मन्त्री बस्नेतले निर्देैशन र योजना अनुसार अस्पतालले पत्रमा भने कार्तिक गत १० गतेको मिति राखेर १७ गतेसम्म आवेदन दिने निर्धारण गरेको तर सूचना प्रकाशन भने १७ गते नै सूचना निकालेर कार्यकर्ता भर्ति गरेका थिए । वीर अस्पतालका कर्मचारीहरूका अनुसार १७ गते शुक्रबार कार्यालय समय सक्किने बेलामा मात्रै सूचना टाँसिएको बताएका छन् ।

जसमा सातौँ तहका ल्याब टेक्निसियन १ जना, पाचौँ तहका ल्याब टेक्निसियन ५ जना, चौथो तहका लिफ्ट असिस्टेन्ट ४ जना, चौथो तहका इलेक्ट्रियिसन २ जना र प्लम्बर १ जना गरी १३ जना कर्मचारी माग गरिएको थियो । सो पदमा जागिर खानकालागि मन्त्री बस्नेतको सूचीमा परेकाले समेत प्रति व्यक्ती ४ लाख विश्वरुप खड्कालाई अग्रीम बुझाएपछि मात्र नियुक्ती गरिएको छ ।

स्मरण रहोस् : विश्वरुप खड्का चौधरी ग्रुपको विवादीत बैंक अन्तरगत दाङ शाखाका प्रमुख हुन । उनी अहिले बेतलबी बिदा दिएर मन्त्री बस्नेतको विशेष सल्लाहारकारको रुपमा नियुक्ति गरिएको छ । उनी सो विषयमा जानकार र योग्यात समेत नभएको व्यक्ती भएको स्वास्थ्यमन्त्रालयका एक अधिकृतले बताएका छन् ।

आवेदन दिने उम्मेदवारको १९ गते आइतबार अन्तर्वार्ता लिइएको नौटकी गरिएको थियो । सोही अन्तर्वार्तालाई आधिकारीक भन्दै अस्पतालले छनोट भएका कर्मचारीको सूची निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले आफ्ना मान्छे भर्ती गर्न चलाखी पूर्वक गुपचुप सूचना निकालेको आरोप वीर अस्पतालकै कर्मचारीहरुले लगाएका छन् ।

४ लाख घुस बुझाएर बीर अस्पतालमा जागिर खानेहरुको नाम

कर्मचारीहरुले यसबारे विभिन्न निकायमा उजुरी दिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, नेकपा एमाले संसदीय दलमा आइतबार नै उजुरी दर्ता गरिएको छ। ती निकायमा दिइएको उजुरीमा वीर अस्पतालमा नियुक्ति दिलाउन भन्दै मन्त्री बस्नेतले धेरै व्यक्तिबाट ४ लाखका दरले पैसा उठाएको आरोप लगाइएको छ ।

उजुरीमा उल्लेख भएअनुसार मन्त्री बस्नेतका मुख्य पिए विश्वरुप खड्कामार्फत दर्जनौँ व्यक्तिसँग पैसा उठाइएको आरोप छ । मन्त्री बस्नेत र पिए खड्काका मान्छेलाई पहिल्यै सूचना दिएर गोप्य रुपमा आवेदन दिन लगाइएको आरोप पनि कर्मचारीहरुको छ ।

मन्त्री बस्नेतकै अगुवाइमा गत असोज २८ गते घटस्थापनाको दिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को सिटेन डाकिएको थियो । सो सिनेट बैठकले न्याम्समार्फत रहने गरी ६३ नयाँ दरबन्दी सिर्जना गरि कार्यकर्ता भर्ति गर्ने योजना समेत मन्त्री बस्नेतले बनाएका थिए । वीर अस्पतालमा तत्काल नर्सलगायतका स्वास्थ्यकर्मीको अभाव भएपनि मन्त्री बस्नेतले आफ्ना मान्छेलाई जागिर खुवाउनका लागि अन्य पदमा करार नियुक्तिका लागि आवेदन खोलेको आरोप वीरका असन्तुष्ट कर्मचारीहरुको छ ।

स्वास्थ्यमन्त्री बस्नेतद्वारा तीन अर्ब भ्रष्टाचार : मुद्दा दायर गरिदै, अख्तियारलाई धम्काउदै मन्त्री

स्वास्थ्यमन्त्री बस्नेतको असली रुप : वीर अस्पतालमा आफ्नालाई जागिर खुवाउन पीएले उठाए प्रति व्यक्ती ४ लाख

स्वास्थ्यमन्त्री बस्नेतको अबैधधन्दा : आफ्ना नियुक्त गर्न २२१ जना हटाएर ६३ जना थप्दै

स्वास्थ्यमन्त्री बस्नेतको खल्तीमा नौ करोड कमिसनको थैली : भान्जा देखाउदै सरकारी ढुकुटी रित्ताउनमा तल्लिन

स्वास्थ्य क्षेत्रमा बढ्यो बेथिती : स्वास्थ्यमन्त्री बस्नेतकै आँडमा अस्पतालको लुट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!