काठमाडौं । देशभर रहेका पुष्प व्यवसायीहरुको हकहितमा काम गर्ने गराउने र देशलाई अबश्यक फुलको मागलाई पुरा गर्दै आयातित बस्तुको विस्तापीत गर्ने उदेश्यले गठन भएको सस्था पछिल्लो समयमा आए फुटेर दुई टुक्रा भएको छ । पुष्प व्यबसायीहरुको आन्तरिक विवादका कारण फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) बाट असन्तुष्ट समुहहरु बाहिएसंगै हालै गठन गरेको नर्सरी व्यबसायी संघ आधिकारिक रुपमा दर्ता भै दुई वटा संस्था बन्न पुगेको छ ।
पुष्प व्यबसायिहरुको आन्तरिक बिबाद, फ्यान भित्रको आर्थिक काण्डकै कारण वर्तमान कार्यसमितिले पुर्वअध्यक्ष कुमार कसजु श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गर्ने निर्णय गरेपछि संस्था फुट्न पुगेको हो । प्mयानबाट टुक्रिएको संघको अध्यक्षमा रामजी प्रसाद तिमिल्सिना रहेको छ ।
नयाँ संघ दर्ता प्रक्रिया रोक्न फ्यानका अध्यक्ष मीनबहादुर तामाङले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी गरेपनि विद्यमान संघसंस्था दर्ता ऐन अनुसार २०८० कार्तिक २० गते आइतबार नर्सरी व्यबसायी संघलाई दर्ता प्रमाणपत्र प्रशासनले उपलव्ध गराएको हो । सो संघ दर्ता नगर्नु नगराउनु भन्दै नेपाल उद्योग वाणिज्य महासंघले समेत जिल्ला प्रशासनमा दवाब दिएको थियाृे । सो दवावपछि प्रसाशनले संघको दर्ता प्रकृया समेत रोकेको थियो ।
विद्यमान ऐन अनुसार संघसस्था दर्ता गर्नबाट रोक लगाउने अधिकार कसैलाई पनि नभएको अबस्थामा पनि महासंघले सो दर्ता रोक्नु भन्दै दिएको कानुन अनुसार गलत समेत रहेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कामनपा १० मा कार्यालय रहने गरि नर्सरी व्यबसायी संघ नेपाललाई सन्था दर्ता ऎन २०३४ को दफा ४ बमोजिम १०८ नम्बरमा दर्ता गरेको छ ।
नव गठित नर्सरी व्यबसायी संघ नेपाल (नान) को वरिष्ठ उपाध्यक्षमा रामजी कुँवर, उपाध्यक्ष रबिनकुमार गौतम, महासचिव बिनोद घिमिरे, सचिब प्रबिन्द्र महर्जन र कोषाध्यक्ष लक्ष्मी महर्जन रहेका छ्न । सदस्यहरुमा क्रमशः रमेशमान महर्जन, श्याम सुन्दर प्रजापति, बिराज खड्का, रामकुमार कार्की , प्रकाश बस्नेत , प्रेमबहादुर दोङ र सरोज श्रेष्ठ रहेका छ्न भने फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानका पुर्बअध्यक्ष कुमार कसजु श्रेष्ठ बिशेष सल्लाहकारमा रहेका छन ।
अन्य सल्लाहकारमा रोशन श्रेष्ठ र सितादेबी श्रेष्ठ रहेका छ्न । फ्यानका पुर्ब अध्यक्ष कुमार कसजु श्रेष्ठलाई जग्गा खरिदमा हिनामिना गरेको आरोपमा एकतर्फी रुपमा कार्वाही गरेपछि नयाँ नर्सरी व्यबसायी संघ स्थापना गर्नु परेको दाबी गरिएको छ ।
फ्यान भित्रै बरिस्ठ उपाध्यक्ष शिव खड्का र महासचिव बिश्वमणि पोख्रेलले राजिनामा दिएर बसेको अवस्था छ । पुर्ब अध्यक्ष कुमार कसजु श्रेष्ठ र बर्तमान अध्यक्ष मीन बहादुर तामाङबिचको व्यक्तिगत मनमुटाव र टकराबले फ्यानबआज यो अबस्थामा सृजना हुन पुगेको व्यवसयाीहरुले बताएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!