चलचित्र भवनमा ‘पशुपति प्रसाद २’ : भष्मे डन’ र ‘परदेशी २’

- November 3, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेपालका चलचित्र भवनमा दुई नेपाली चलचित्र प्रदर्शनमा रहेका छन् । दसैँ लक्षित गर्दै प्रदर्शन गरिएको ‘पशुपति प्रसाद २ ‘भष्मे डन’ तेस्रो सातामा प्रदर्शनमा रहेको छ । खगेन्द्र लामिछानेले निर्माण तथा लेखन गरहेको चलचित्रलाई दीपेन्द्रकुमार खनालले निर्देशन गरेका हुन ।

यसमा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगरलगायत कलाकारले अभिनय गरेका छन । चलचित्र ‘परदेशी २’ चौथो सातामा प्रदर्शनरत छ । नरायण रायमाझीले निर्देशन गरेका छन ।

भने चलचित्रमा केकी अधिकारी, दिलीप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, प्रकाश सपुत, नीर शाह, रमा थपलियालगायत कलाकारले अभिनय गरेका छन । चलचित्रमा उज्ज्वल भविष्यको सपनासहित विदेशिन बाध्य युवा र सन्तानको पखाइमा दिन काटिरहेका आमाबुबाको कथालाई देखाइएको निर्देशक रायमाझीले बताए । आफ्नै गाउँ समाजको कथालाई पर्दामा हेर्न पाउँदा खुसी हुनुहुन्छ ।” चलचित्रलाई रमेश बिजी लेखेका हुन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!