सरकारले डाक्टरहरुको सुरक्षा व्यवस्था नगरेपछि पासपोर्टका लागि आवेदन दिदै

- September 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । पटक पटक कार्यकक्षमै र विरामी उपचार गरि रहेकै अबस्थामा विभिन्न व्यक्तीबाट डाक्टरमाथी हुदै आएको कुटपिट र कुटपिटमा संलग्नमाथी सरकारले कारबाही नगरेपछि असुरक्षित भएको भन्दै अब देश छोडी बिदेश जानकालागि पासपोर्ट बनाउनकालागि आबेदन दिने जनाएका छन् ।

स्वास्थ्यमन्त्रालयको जिम्मेबारी पाएका मन्त्री मोहनबहादु्र बस्नेत सरुवा, बढुवा र ठेक्कापट्टमा मात्र केन्द्रीत भएको र सरकारले सुरक्षा दिन समेत नसकेको भन्दे अब देश छोडी विदेश पलाएन हुने एकमात्र विकल्प रहेको भन्दै राहदानी बनाउन निबेदन दिने आन्दोलनमा रहेका डाक्टरहरुले बताएका छन् ।

विगत पाँच दिनदेखि आन्दोलित आवासीय चिकित्सकहरूले सामूहिक रुपमा पासपोर्ट बनाउनका लागि आवेदन भर्ने जनाएका छन् । स्वास्थ्यकर्मीमाथि शृङ्खलावद्ध रुपमा भएको आक्रमण र स्वास्थ्य संस्थामा हुने तोडफोड विरुद्ध सडक आन्दोलनमा उत्रिएको पाँच दिन बित्दा पनि सरकारले आफ्ना माग सुनुवाइ नगरेको भन्दै सबै आवासीय डाक्टरहरूले पासपोर्टका लागि आवेदन भर्न लागेको उनीहरुले बताएका छन ।

चिकित्सकहरू माथि पटकपटक कुटपिट तथा दुर्व्यवहार हुँदा सरकारले घटनामा संलग्नलाई कानुन अनुसार सजाय दिन नखोज्ने, दिनरात बिरामीको सेवामा खटिने स्वास्थ्यकर्मी तथा चिकित्सकलाई न्याय नदिनु भनेको काम गर्ने वातावरण सिर्जना नगरी पलायनका लागि प्रोत्साहन गरिएकाले दबाब स्वरुप हामीले पासपोर्ट बनाउन लागेको उनीहरुको भनाई रहेको छ ।

शुक्रबार एक हजारभन्दा धेरै चिकित्सकले पासपोर्ट बनाउनका लागि आवेदन दिने उनको भनाइ छ । उता स्वास्थ्यकर्मीहरुको मागको सम्बोधन गरेर समस्या समधान गर्नु पर्ने विभागिय मन्त्री बस्नेत भने कहिले तीजको दर खाने कार्यक्रममा त कहिले दशै आउनु एक महिना अघिदेखि शुभकामना कार्यक्रम भन्दै अनाबश्यक उनको कार्यक्षेत्रभन्दा बाहिरको कार्याक्रमको प्रमुख अथिति बनेर बेतुकका भाषण दिदै आएका छन् ।

मन्त्री बस्नेत नै स्वास्थ्यकर्मीहरुको माग सम्बोधन गरेर समस्या समधान गर्नेभन्दा पनि झन बल्झाएर नीजि अस्पताललाई पोस्ने कार्यमा लागेको आरोप समेत मन्त्री बस्नेतमाथी लागेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!