काठमाडौं, रौतहट, गरुडा नगरपालिका-४ गरुडा बजारस्थित सोही नगरपालिका-५ अमरपट्टि बस्ने रामजनम साहको अंशु ट्रेडर्स (सोफासेट, ईलेक्ट्रिकको पसल)मा गएराति आगलागी हुँदा काठ, विभिन्न फर्निचर लगायतका सामान जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१३ ठुलोथली बस्ने सन्ते बहादुर बज्यूको घर नजिकै रहेको भान्सा घरमा ग्याँस लिक भई बुधबार बेलुकी आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!