जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

- September 28, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कैलाली, जोशीपुर गाउँपालिका-५ बनकट्टा बस्ने ३२ वर्षीय प्रवेश चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा चौधरी समेत १० जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नगद १ लाख १३ हजार रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!