कतारको अल्खोरमा भब्य बन्यो ‘तीज विशेष कार्यक्रम’

- September 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दोहा, नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारको अल्खोरमा बृहत् तीज विशेष  सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । प्रवासको व्यस्त जीवनलाई थाँती राखेर एकदिन भएपनि  तीजमा धोको फुकाएर नाचगान गर्न कतारका विभिन्न ठाउँबाट नेपाली चेलिबेटीहरूको ओइरो लागेको थियो । कतारको अल्खोर स्थित “पर्ल बेरुत रेस्टुरेन्टको सभाहलमा   तिजको कार्यक्रम  रातो साडी चुरा,पोते तीजका गरगहनामा सजिएका  नेपाली महिलाहरुको  बाक्लो उपस्थितिमा माहोल पूरै तीजमय बनेको थियो ।

प्रत्येक वर्ष मनाउदै आएको तिज कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि अल्खोर सुपर टिमको समन्वयमा गरिएको कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष सन्तोष केसीको सभापतित्व तथा नेपाली दूतावास कतार सचिव सिता ज्ञावलीको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा कतारमा रहेका विभिन्न बैचारिक, सामाजिक, एनआरएनए, महिला समाज , महिला बिभागहरु , पत्रकार, कलाकार  लगायत जिल्लागत संघसंस्था हरुको बाक्लो उपस्थिति रहेको थियो  विधिवत उद्घाटन सहित अघि बढेको कार्यक्रममा सन्ध्याग्रुप कतारका संरक्षक प्रेम प्रसाद भट्टराईको  स्वागत मन्तव्य सँगै स्थानीय कलाकार  सान्ती ओलिको “तीजको रहर आयो बरिलै बोलको गीतमा स्वागत नृत्य रहेको थियो ।

पछिल्लो समय तीजमा संस्कृति भन्दा बिकृती बढेकोमा चिन्ता व्यक्त गर्दै  आफ्नै रचना गरिएको गीत पुरानो रितिरिवाजमा सजिएको  तीजको भाकामा  गाएर सबैलाई गाउघरको यादमा लैजादै सुमधुर स्वरमा सुनाइन् । कार्यक्रम बिसुद्द मनोरन्जनात्मक भएपनि आयोजकले कतारमा लामो समय देखि अल्खोरमा नै बिभिन्न देशका नागरिकलाई स्वाथ्य सेवा प्रधान गर्दै आएका डाक्टर राजेश पौडेललाई पब्लिक हेल्थको बिषयमा बोल्न समय छुट्टयाइएको थियो l

लामो समय देखि दोहाको “एस्टर हस्पिटलमा ” सिनियर मेडिकल फेम्माली अफिसरका रुपमा कार्यरत पौडेलले हेल्थ कार्ड , स्वास्थ्य बिमा र कतारको स्वास्थ्य  चेकजाचको बारेमा जानकारी दिदै हेल्थ कार्ड रिन्यु गर्दै राख्दा आफुलाई अनिवार्य पर्दा सरकारी अस्पताल बाट जस्तो सुकै बिमारको औषधी निसुल्क अथवा अतिनै सस्तोमा पाउने बताएका थिए l पौडेलले खाने कुरा, सुत्ने समय व्यायाम  सम्पूर्णलाई सतहमा मिलाउदै जादा स्वास्थ्य राम्रो रहने पनि बताए  l

त्यसैगरि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्यक वाचनालय कतारका  नव निर्वाचित कार्यसमितिलाई बधाई सहित प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यवाहक अध्यक्ष केसीले २१ बर्ष अगि मध्यपुर्वको देश कतारमा,साहित्य,साँस्कृतिक र खेलकुद बिधालाई समेट्दै,” समाज बिकासमा प्रवासीको योगदान ” भन्ने मुल मन्त्रलाई अङ्गिकार गर्दै कतारको अल्खोरमा स्थापना गरिएको संस्था [सन्ध्याग्रुप अल्खोर कतारले ] हरेकबर्ष आयोजना गर्दै आइरहेको नेपाली महिला हरूको महान चाड हरितालिका तिज पर्वको अवसरमा यस्पाली पनि निरन्तरता दिदै अल्खोर नेपाली सुपर टिमको समन्वयमा गरिएको कार्यक्रम भब्यतरिकाले सम्पन्न गरिएको बताए  ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!