आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा वार्ता सुरू

- September 22, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, सरकारले ल्याएको शिक्षा विधेयकको विरुद्धमा तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता सुरु भएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आज दिउँसो सवा तीन बजेपछि दुई पक्षबीच वार्ता सुरु भएको हो ।

आजको वार्तामा शिक्षकहरूले उठाएका मागहरूका विषयमा सरकारले आधिकारिक धारणा राख्नेछ।

यस्तै, आन्दोलनरत शिक्षक महासंघले पनि उठाउँदै आएका मागमा लचिलो हुन सक्ने नसक्ने प्रष्ट पार्नेछन्।

विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्ने लगायत १७ बुँदे मागसहित शिक्षकहरू आन्दोलनमा छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!