शेखर समुहको बैठकमा देउवा समुहका नेता सहभागी

- September 19, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाली काँग्रेस भित्र व्यक्तीगत निर्याय अनुसार सञ्चालन गर्न सभापति शेरबहादुर देउवा लागी परेपछि अहिले शेखर कोईराला समुहले छुट्टै बैठक बसी भेला सुरु गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकअघि नेपाली कांग्रेसका नेता डा. कोइरालाले बोलाएको संस्थापन इतर पक्षको छुट्टै भेला सुरू भएको हो । बालुवाटारस्थित सम्पर्क कार्यालयमा सो भेला भएको छ ।

बैठकमा  महामन्त्री गगन थापा, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे, मिनेन्द्र रिजाल, दिलेन्द्र बडू, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपाली, दिनेश कोइरालालगायत कोइराला पक्षबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई सहभागी भएका छन् । शेखर–गगन समुहको भेलामा यसअघि कतैतिर नखुलेका र देउवाले केन्द्रीय कार्य समिति सदस्य मनोनीत गरेपछि उनैतिर ढल्किएका मिनेन्द्र रिजालसमेत सहभागी भएका छन् ।

चितवनमा स्वतन्त्र उम्मेदवार बनेर एमालेको समर्थनमा चुनाव लडेपछि कारवाहीमा परेका दिनेश कोइराला पनि सो भेलामा सहभागी भएका छन् । कांग्रेसको बैठक असोज ४ गते बस्ने भनिएको छ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकअघि शेखरले गुटको भेला बोलाएका थिएनन् । तर, इतर पक्षको भेलामा नेता कोइरालाले महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि बोलाए पनि सहभागी भएका थिएनन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!