काठमाडौं । नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघ नामक संस्था स्थापना गरि विभिन्न व्यक्तिहरुलाई ‘डाक्टर’को उपाधीको प्रमाणपत्र वितरण गरि आर्थिक लाभ लिने गरेको समाचारस्रोतबाट थाहा हुन आएको छ ।
सो संस्थाले खेलाडीलाई ग्रेडिङ गर्ने भन्दै ‘ग्रेडिङ’को नाममा डाक्टरको उपाधी भएको प्रमाणपत्र वितरण गर्दे आएको बताइन्छ । विभिन्न अन्र्तराष्ट्रिय संस्थाहरुका पदाधिकारीहरुलाई बोलाएर उनीहरुको आतिथ्यतामा यस्तो प्रमाणपत्रहरु वितरण गर्दे आएको संस्थाका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा बताए ।
नेकपा एमालेको राष्ट्रिय हित तथा सुरक्षा विभागका सचिव समेत रहेका नेपाल केम्पो खुकुरी मार्शल आर्टस् संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले सो गतिविधि गरिरहेको आरोप छ । स्वयम् अध्यक्षले समेत स्वघोषित डाक्टरको ‘ग्रेडिङ उपाधी’ ग्रहण गरेको समेत स्रोतको दावी छ । मार्शल आर्टस्को ग्रेडिङमा ‘डान’को उपाधी वितरण गर्ने परम्परा रहँदै आएको भएतापनि सो संस्थाले ग्रेडिङको नाममा डाक्टर ग्रेडको उपाधी वितरण गर्दै आएको उक्त संस्थाको एक सदस्यले बताए । यसै विषयमा अध्यक्ष पाण्डेलाई प्रतिकृया लिँदा उनी भन्छन् – हामीले विभिन्न मुलुकमा सिफारिस गरेर पठाउने हो उक्त ग्रेडको तय हामीले गर्दैनौं, उक्त ग्रेडिङ उपाधी अन्र्तराष्ट्रिय संस्थाहरुले तय गर्ने हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!