काठमाडौं । वर्तमान प्रविधिको युगमा केवल सैद्धान्तिक ज्ञानले मात्र सक्षम जनशक्ति उत्पादन गर्न प्रायः असम्भव छ । पछिल्लो समयमा नेपालमा प्रविधि शिक्षाले निकै ठुलो फड्को मारि रहेको अबस्थामा काठमाडौँ शान्तिनगरमा रहेको न्यु समिट कलेज र टेक ट्रिक्स नेपालद्वारा आयोजित टेक ट्रिक्स २०२३ आगामी वर्ष चौथो संस्करण आयोजना गर्ने प्रतिबद्धता जनाउदै तेस्रो संस्करण समापन भएको छ ।
सूचना प्रविधि आइटी शिक्षामा विद्यार्थीहरूलाई आफूसँग भएको अन्तर्निहित क्षमता प्रस्फुटन गर्न चाहिने यथेष्ट अवसर यस सो कार्यक्रमले दिएको र आगामी विश्व आइटी शिक्षा र आइटी विज्ञले गर्नेमा दुई मत नभएको त्रिभुबन विश्वविद्यालय आईओएसटीका डिन प्राडा विनिल अर्यालले बताएका छन् ।
विभिन्न विधामा सञ्चालित प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमुख अतिथि प्राडा अर्यालले एक लाख पचासी हजार नगद पुरस्कार र प्रमाण पत्र विजेताहरूलाई वितरण गरेका छन् । आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो । द्वितीय स्थान क्याथफोर्ड कलेज, क्लास रोयल सञ्जय गौतमले जितेका थिए ।
सुजन गौतम दोस्रो भएका थिए । पब्जीका विजेता केएफए कलेजका सुभम चित्रकारको समूहले जितेको छ । सुनिल गिरिको टिम हाइप उप विजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्कालाई गएको थियो । फिफा २३ विजेता जगदीश पाण्डे भएका थिए । उप विजेता समीर गुरुङ भए ।
तीन दिवसीय प्रतियोगिताको मुख्य आकर्षण ह्याकाथन सेन्ट जेभियर्स कलेजले जितेको थियो भने उप विजेता सगरमाथा कलेज र तेस्रो स्थानमा न्यु समिट कलेज भएको थियो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घण्टा अवधिमा बनाइएको परियोजनालाई निर्णायकको भूमिकामा रहेका विषय विज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला, ईआर प्रवीण चौहान निर्णयको आधारमा विजेता घोषणा गरिएको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!