काठमाडौं । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले १५ औं संस्करणको नाडा अटो शो २०२३ मा सार्वजनिक गरेको टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चलाई अधिकाशंले मन पराएको बताइएको छ । सुरुवाती मूल्य २१ लाख ९९ हजारमा नेपाली बजारमा सार्बजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५ सयभन्दा धेरै बुकिङ्ग भएको कम्पनिले जनाएको छ ।
साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको दाबी कम्पनीको रहेको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाएको कौतुहलतले हामीमा थप उर्जा थपिएको बताए ।
यस्तै, अर्को गाडी नेक्सन इभी एक्स जेट प्लस को ब्याट्री क्षमता ४० दशमलव ५ किलोवाट र रेञ्ज ४५३ किलोमिटर रहेको छ । टियागो इभी जस्त अत्याधुनिक जिपट्रन प्रविधि भएको यस एसयुभीको बनावट आकर्षक रहेको छ । आरामको लागि पावर विन्डो र पूर्ण स्वचालित क्लाइमेट कन्ट्रोल लगायत अन्य विशेषताहरु भएको नेक्सन इभी एक्स जेट प्लसले अन्य भन्दा उत्कृष्ट सुरक्षाको प्रत्याभूति गर्दछ ।
सुरक्षाको लागि यसमा एन्टी–लक ब्रेकिङ्ग सिस्टम, चाइल्ड सेफ्टी लक, ट्रयाक्सन जस्ता व्यवस्थाहरु छन् । त्यसैगरी, टाटाको “न्यु फरेभ” रेञ्ज अन्तर्गतको टाटा पन्चको चार आधारस्तम्भहरु हुन् आकर्षक डिजाइन, विशेष कार्यक्षमता, फराकिलो इन्टेरिएर र पूर्ण सुरक्षा रहेका छन । नँया युग सुहाँउदो सोच र प्रविधिमा आधारित यो गाडीले ग्राहकहरुको बदलिदो इच्छा एवं आकांक्षाहरुको परिपूर्ति गर्दछ । टाटा पन्च हाल भारतीय बजारमा सबैभन्दा बढी विक्री भइरहेको सब कम्प्याक्ट एसयुभी रुपमा पनि परिचित छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!