काठमाडौं । टाटा मोटर्स जेनुइन आयलद्धारा प्रायोजित नाडा अटो शो २०२३ आज भदौ ३१ गते आइतबार काठमाण्डौ भृकुटी मण्डपमा सम्पन्न भएको छ । अर्थमन्त्री प्रकाशशरण महतले एक कार्यक्रमका साथ शुभारम्भ गरेको सो १५ संस्करणको नाडा अटो शो २०२३ मा ७६ हजार १ सय जना दर्शकहरुले अबलोकन गरेका बताइएको छ ।
यस प्रदर्शनीमा उत्कृष्ट रुपमा श्रृंगारिएका स्टल र अन्तर्राष्ट्रिय रुपमा नाम चलेका लेटेष्ट मोडेलका सवारी साधनहरुका कारण यो प्रदर्शनी निकै भब्य रुपमा सम्पन्न भएको छ । थुप्रै नयाँ ब्रान्डका सवारी साधनहरुका कारण यो प्रदर्शनीमा निकै ठूलो भिड लागेको थियो । यो अटो शो बिगतमा भन्दा निकै भब्य र बृहत भएको अबलोकनकर्ताहरुले समेत टिप्पणी गरेका छन् ।
देशमा चलेको आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो शो ले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहायकसिद्ध भएको छ । यो प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि (विवाइडी) प्रालिले जितेको छ । उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नी मोटोनिक प्रालि (जावा) प्रालिले जितेको छ । त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इण्टरनेशनल प्रा।लि (फोर्स मोटर्स) ले जितेको छ ।
बेष्ट सर्पोटिङ्ग स्टलको बेष्ट एवार्ड पौडेल इण्टरप्राइजेज (लिक्वीइमोली स्टुडोजले) जितेको छ । नाडाले उत्कृष्ट स्टलहरुको छनोट गर्न नाडाका केन्द्रीय कार्य समिति सदस्य सुनिल रिजाल, सागर गजुरेल तथा नाडा अटो शो को सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी पाएको ग्लोवल एक्सपोजिशन एण्ड मेनेजमेण्ट सर्विस प्रालिका निर्देशक केशव खत्री सदस्य रहनेगरी तीन सदस्यि छनोट समिति समेत गठन गरेको थियो ।
नाडा अटो शो २०२३ का सहप्रायोजकमा शिखर इन्स्योरेन्स, टिकेटिङ्क पार्टनरमा खल्ती, अफिसियल इण्टरनेट पार्टनरमा वल्डलिङ्कले गरेको थियो । यस वर्षको याडिया इलेक्टीक स्कुटरले लक्की ड्र माफैत टिकट नम्बर ९७३१ ले जितेको बताइएको छ । उक्त समापन कार्यक्रममा नाडाका अध्यक्ष डा ध्रुब थापा, निबर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल पूर्वअध्यक्ष सुनिल खेतान, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सह कोषाध्यक्ष पंकज अग्रवाल, जनकी अटोमोवइल एशोसिएसनका निर्वतमान अध्यक्ष तेजनारायण शाह, लम्बिनी अटोमोवइल एशोसिएसन अफ नेपालका अध्यक्ष गणेश भट्टराईले सो प्रदर्शनीमा सहभागी १ सय २० कम्पनीहरुलाई क्रमशः मोमेण्टो समेत वितरण गरेका थिए ।
समापन कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडा अटो शो २०२३ लाई सफल बनाउन सहयोग पु¥याउने सवै सरोकारवाला कम्पनी र संस्था सवैलाई धन्यवाद दिए । नाडा अटो शो २०२३ सम्पन्न गर्न अध्यक्ष थापाकै अध्यक्षतामा ११ सदसिय नाडा अटो शो सल्लाहकार समिति र नाडाका केन्द्रीय कार्य समिति सदस्य अनुप बरालको संयोजकत्वमा २३ सदसिय नाडा अटो शो २०२३ व्यवस्थापन समिति समेत गठन गरेको थियो । उक्त प्रदर्शनीको क्रममा नाडाले सोही परिसरमा लायन्स क्लव अफ काठमाण्डौ समर्पणसंगको सहकार्यमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!