काठमाडौं । काठमाडौंमा सम्पन्न पन्ध्रौं नाडा अटो शो कार्यक्रमबाट न्यूनतम २० अर्ब रुपैयाँको आम्दानी हुने अनुमान राखिएको भएपनि कार्यक्रम सम्पन्न भएको १ दिन वितिसक्दा समेत के कति कारोबार भयो त्यसको विवरण भने गोप्य राखिएको छ । सो अटो शोमा १ सय २० वटा स्टल राखेर व्यापार गर्न नाडा अटोमोबाइल डिलर्स एसोसिएसनले व्यवस्था मिलाएको थियो ।
६ दिनसम्म चलेको सो अटो शोमा २० अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने अपेक्षाा गरेको भन्दै एसोसिएशनका अध्यक्ष ध्रुव थापाले पत्रकार सम्मेलनमा बताएका थिए । तर, शो सम्पन्न भएपछि पनि सो कति आर्थिक कारोबार भयो भन्ने बारे भने उनले कुनै कुरा बताउन चाहेनन । कारण सो मेलामा भएको व्यापारको मुल्यअभिबृद्धि कर (भ्याट) आयकर र राजश्व सरकारलाई बुझाउनु पर्ने भएपछि केही दिनमा कारोबार अंक घटाएर सार्वजनिक गर्ने तयारी सो एसोसियसनले गरेको बताइएको छ ।
सो मेलामा सरकारी नियम अनुसार बुझाउनु पर्ने सवै करहरु उपभोक्ताबाट असुली गरि गाडीको बुकिङ गरेको बताइएको छ । तर, गाडी अधिकाशंलाई पछि उपलव्ध गराउने भन्दै आयोजक पछि हटेको बताइएको छ । उपभोक्ताबाट अग्रीम रकम असुली गर्ने तर सामान पछि उपलव्ध गराउने बताएसंगै सो मेला ठगीको अर्को रुपमा हेरिएको बताइएको छ ।
अटो शोमा १६ ब्राण्डका चार पाङ्ग्रे, २२ वटा ब्राण्डका दुई पाङ्ग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा वित्तीय संस्था तथा ३० वटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं अन्य उपकरण कम्पनीहरूले सहभागिता जनाएका छन् । २–पाङग्रे, ४–पाङग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट्स एवं ग्यारेज उपकरणहरूको छुट्टा–छुट्टै प्रदर्शनका साथै बिक्रीमा राखिएको थियो ।
सो अटो शोमा आयोजकले विना अनुमति प्रवेश टिकटको मूल्य प्रति व्यक्ती २ सय रुपैयाँ असुली गरेको थियो भने विद्यार्थीहरूका हकमा १ सय ५० रुपैयाँ असुली गरेको थियो । सो शुल्क तिरेपछिमात्र नाडा अटो शो अवलोकन गर्न पाउने गरि कडाई गरेको थियो । उता सो टिकट बिक्रीबाट पनि के कति रकम असुली गरियो भन्ने विषयमा समेत एशोसिएसनले बताउन चाहेन ।
सो संस्थाले केही पत्रकारहरुको सल्लाहा अनुसार सिण्डिकेट मिडिया हाउस र पत्रकारलाई पारेर कपोलकल्पीत समाचार प्रकाशन र प्रशारण गर्न लगाएर अधिकाशं मिडियालाई अपमान समेत आयोजकले गरेको गुनासो पत्रकारहरुले गरेका छन् । टाटा मोटर्स जेनुइन आयलको खर्चमा भएको सो नाडा अटो शो लाई ७६ हजार १ सय दर्शकहरुले अबलोकन गरेको बताएपनि २ सय रुपैयाँ बुझाउने अबलोकनकर्ता र १ सय ५० रुपैयाँ बुझाउने अबलोकनकर्ता कति भन्ने विषयमा समेत मौन बसेको छ ।
सो शोमा धेरै नयाँ ब्रान्डका सवारी साधनहरु प्रदर्शनीमा राखिएको थियो । सरकारी कर्मचारीको लाचारी पनका कारण देशभर हुने विभिन्न नाममा मेला महोत्वसबाट भने दैनिक करोडौ रुपैयाँको राजश्व समेत छली हुदै आएको छ । मुल्य अभिबृद्धि कर (भ्याट) को दफा १० को ‘क’ विपरित भृकुटीमण्डपमा सो अटो शो भएको कर कार्यालयले जनाएको छ ।
प्रचलित कानुन अनुसार कुनै संस्था बा कम्पनीले मेला तथा महोत्सवको आयोजना गर्दा भ्याटको दफा १० को ‘क’ अनुसार योग्य बस्तुहरूको प्रदर्शनी तथा मेला गर्दा कर कार्यालयबाट अस्थायी भ्याट प्रमाणपत्र लिई स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ । तर मेला आयोजकले त्यो स्वीकृति नलिई मेला गर्दै आएका छन् ।
भ्याटको व्यवस्था अनुसार कुनै पनि मेला तथा प्रदर्शनी भएको सात दिनभित्रमा कारोबारको विवरण पेस गरी सम्पूर्ण कर दाखिला गरी अस्थायी दर्ता खारेज गर्नुपर्ने व्यवस्था रहेको छ । तर, अहिले सम्म हुने गरेका मेला महोत्वसमा भने सो ऐन लाई तल्याउदै आयोजना हुदै आएको छ । सो बारे सरकारी निकाय मौन रहेको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!