काठमाडौं । हिन्दुहरुको चाडवाडहरु घर आगनमा भित्रिएको छ । महान चाड तिज,दशै, तिहारसँगै परदेशिने युवा,युवतीहरुको पिडा र आक्रोस पनि उस्तै छ । विभिन्न बाहानामा परदेशिनेहरुको समस्या दिनप्रतिदिन बढे पनि राज्य र सरोकारवालाहरुले खासै न्याय दिन सकेका छैनन् । पछिल्लो समय यस्तै चपेटामा परेको एक समाचार प्राप्त भएको छ । काडमाडौंकोकोटेश्वर स्थित र्यासनल ओभरसिज म्यानपावरले वैदेशिक रोजगारीका नाममा ठगी गरेको पिडितहरुले आरोप लगाएकाछन् ।
कम्पनीमा खाने बस्ने व्यवस्थासहित क्लिनरका लागि गएकी उदयपुरकी देविका कुमार सिङदान बयान अनुसार आफु अन्यायमा परेको खुलाएकीछन् । र्यासनल ओभरसिज म्यानपावरका अध्यक्ष लोकेन्द्र बहादुर कार्कीको म्यानपावरलाई १ लाख ८५ हजार रकम बुझाएर १ महिना अघि कतार पुगेकी उनको पिडाबारे कतै सुनुवाई नभएको गुनासो छ । देविकाले जानकारी दिए अनुसार, कतारको अम्सारादस्थित ब्लुटिम कम्पनीमा भनिएको थियो तर त्यहाँ पुग्दा भने परिस्थिति अर्कै भएपछि उक्त कुरा छताछुल्ल भएको हो ।
काम कम्पनीमा नभई घरमा गर्न बाध्य बनाइएको छ । त्यसमाथि पनि न त कुनै बस्ने व्यवस्था ,न कुनै खानाको व्यवस्था । त्यसपछि पनि उनी काम नै हो भनेर घरको क्लिनरको कामलाई नै निरन्तरता दिइन् । काम गर्दै गएको १६ दिनपछि खान र बस्न दिन नसकिने भन्दै कामबाट निकालियो । देविका जस्तै समस्यामा परेकीछन् नुवाकोटकी सिर्सानी तामाङ । मेनपावरले ब्लुटिम कम्पनीमा ८ घण्टा मात्रै काम भने पछि उनीहरुले पासपोर्ट र रकम बुझाएका थिए ।
देविकाको साथमा र्यासनल ओभरसिज मेनपावरमार्फत सँगै गएकी सिर्सानी क्लिनरका लागि कामदार चाहिएको सुचना अनुसार मेनपावलाई १ लाख ७३ हजार बुझाएर जान बमध्य भएका थिए । गर्ने भनिए पनि त्यहाँ पुगेपछि घरमा १६ घण्टा काम गर्नुपर्ने बाध्यता यी दुबैलाई थियो । देविका र सिर्सानी १० हजारको विलभरपाईमा मेनपावरलाई ३ लाख ५८ हजार बुझाएका थिए । आज आएर न त भने बमोजिमको काम भो । न त तलब सुबिधानै ।
उजुर बाजुर गरे उल्टै चोरी केसको लफडा लगाईलिने धम्की मेनपावरका कर्मचारीहरुले दिइरहेको उनीहरुले बताए । आफूहरु अलपत्र परेपछि मेनपावरका अध्यक्ष कार्कीसँग सम्पर्क गरेको र कार्कीले केहि दिनमा बस्ने व्यवस्था हुन्छ भन्दै झुलाएको पीडितपक्षको भनाई छ । पीडित पक्षका आफन्तले भने,“ उनीहरुलाई म्यानपावरले बने बमोजिमको काम,तलक सुबिधा दिनु पर्ने जायज माग राखे्।”
तर धेरै दिनदेखि कतारका अलपत्र परेका दुवै जना नेपाल नै फर्कने निर्णय गरे । नेपाली दिदि,बहिनीहरु र साथीभाईको सहयोगमा उनीहरु १ महिनापछि स्वदेश फर्के । कार्कीसँग आफनो पिडा बताउँदै रकम फिर्ता माग्दा तिमिहरुसँग प्रमाण छैन भन्दै धम्काउने र थर्काउने काम भइरहेको उनीहरुको आरोप छ ।
प्रहरी र वैदेशिक रोजगार विभागमा निवेदन समेत दिएका उनीहरुलाई न्याय कस्ले दिने रु न कार्की सम्पर्कमा छन् । न मेनपावरका कर्मचारीले न्यायोचित न्याय दिन्छन् । यसरी मिलेमतोमा मानव बेचविखन गर्ने मेनपावर माथी कारबाही कस्ले गर्ने रु कहिले हुने रु यस घटनाका पात्र प्रतिनिधि पात्र हुन् । बैदेशिक रोजगारका नाममा ठगी निरन्तर भइरहेको छ । समयमै वैदेशिक रोजगार विभाग लगायत सरोकारवालाहरु सघं,संस्थाको ध्यान जान जरुरी छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!