काठमाडौं, काठमाडौंको तिनकुने गैह्रीगाउँमा भएको सामुहिक हत्याकाण्डमा एक जनाले मात्रै हत्या गरेको प्रारम्भिक निष्कर्ष निस्कीएको छ।
नेपाल प्रहरीको टोलीले अनुसन्धानमा चार जनाको सामूहिक हत्या एक जना व्यक्तिले गरेको प्रारम्भिक निष्कर्ष निकालेको हो ।
आज पक्राउ परेका एक संदिग्ध व्यक्तिले चारै जनाको हत्या स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ ।
सीसीटीभी फुटेजमा देखिएमा एक जना संदिग्ध व्यक्तिलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो।
ती व्यक्ति सामूहिक हत्या प्रकरणको मुख्य व्यक्ति हुनसक्ने प्रहरीको अनुमान थियो। तिनै व्यक्तिले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरी स्रोतको दाबी छ ।
हिजो बिहान दिव्य सः फर्निचर मिलमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती करिब ५० वर्षकी अम्बिका भुजेल र आमा सुमित्रा भुजेल र मोरङका १९ वर्षका नवीन राईको शुक्रबार राति हत्या भएको अबस्थामा शव फेला परेको थियो।
शनिबार बिहान ४ जनाको शव फेला परेको थियो। शुक्रबार राति ११ः५५ बजे सो मिल भित्र ४ जनाकै हत्या भएको निष्कर्ष छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!