काठमाडौं । डाक्टरमाथी हातपात गरेको विरोधमा देशभरका सरकारी अस्पतालमा कार्यरत सवै डाक्टर र स्वास्थ्यकर्मीले अस्पताल बन्द गरेर बसेका छन् । भने तीनै डाक्टरहरु सरकारी अस्पताल बन्द गरेर नीजि अस्पतालमा अत्याधिक मंहगो शुल्क असुली गरी विरामी जाँच्नमा व्यस्त रहेको पाईएको छ ।
देशभरका सरकारी अस्पताल बन्द गरेर विहानैदेखि नीजि अस्पताल र क्लिनिक र अन्य स्वास्थ संस्थाहरुमा काम गरेको भेटिएको छ । काठमाडौं उपत्ययकालगायत देशभरका नीजि अस्पतालहरुमा सरकारी अस्पतालमा कार्यारत डाक्टरहरुबाटै विरामीको चेकजाँच गरेर बसेका छन् । भने उता सरकारी अस्पतालमा नियमित उपचार गर्नु पर्ने विरामी समेत अहिले अलपत्र परेका छन् ।
सरकारी ऐन विपरित चिकित्सक संघ : स्वास्थ्यमन्त्री समस्या समधान नगरि तीज कार्यक्रममा नाच्दै
यसरी स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा समेत स्वास्थ्यकर्मीहरुबाट भएको यो कार्यमाथी सरकारी निकायको कुनै ध्यान गएको छैन । उता स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत भने समस्या समधान गर्ने भन्दा पनि महिलाहरुको तीज कार्यक्रममा प्रमुख अथिती भएर भाषण गर्दैमा समय विताएर बसेका छन् । काठमाडौं उपत्ययकाभित्र रहेका नीजि अस्पतालको ओपीडी टिकट काट्ने लाइन घट्नेभन्दा पनि झनझन बढ्दै गएको छ ।
उता गरिव परिवारका विरामी भने उपचार नपाएर छट्पटिदै सरकारी अस्पतालको परिसरमा बसेका छन् । आइतबार बिहानदेखि नीजि अस्पतालहरुमा विरामीको भीड लाग्न पुगेको छ । सो बाध्यताको फाईदा नीजि अपपताल संञ्चालकले उठाउदै आएको छ । दीर्घकालिन विरामीहरु अहिले ठूलो मर्कामा परेका छन् । भने सवैभन्दा बढी समस्या मुटुको जाँचकालागि पुग्ने गरेका विरामीमाथी परेको देखिन्छ ।
डाक्टर कुटिएको घटनालाई लिएर देशभरका चिकित्सकले आकस्मिक बाहेकका बिरामीलाई उपचार नगरि स्वास्थ्य संस्था ठप्प बनाएपछि उता सरकारी अस्पतालमा जाने बिरामीले उपचार नपाएका कारण मंहगो शुल्क तिरेर निजीमा जानु परेको बताएका छन् । उनले कुनै डाक्टरले सरकारीमा हड्ताल गरेर निजीमा गई बिरामीको उपचारमा व्यस्त भएका छन् ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!