रोशन कार्की
काठमाडौं । सरकारले जारी गरेको विद्यमान ऐन कानुन विपरित नेपाल चिपकत्सक संघ र सो संघमा अबद्ध भएका स्वास्थ्यकर्मीहरुले अबैध कृयाकलाप गर्दै आएका छन् । कोही कसैले स्वास्थ्य क्षेत्रमा कार्यरत डाक्टरमाथी कुटपिट गरेको बहना बनाई सवै स्वास्थ्य संस्थाबाट दिने सेवा सुविधा नै बन्द गरेर आन्दोलनमा उत्रनु ऐन कानुन विपरित भएको ठहर उपभोक्ताबादीहरुले बताएका छन् ।
सरकारले अत्यबश्यक बस्तु, स्वास्थ्य क्षेत्र, दमकल, एम्बुलेन्स, पेट्रोलियम पदार्थ बोक्ने गाडीहरुमा बन्द हड्ताल गर्न गराउन नपाउने व्यवस्था गरेको छ तर सो व्यवस्थाको विपरित नेपाल चिकित्सक संघले देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर सरकारको ऐन कानुनलाई चुनौती दिदा समेत सरकार रमिते बनेको छ ।
भने उता अब कुनै पनि विरामीले उपचार गर्नबाट बञ्चित हुनु पर्र्दैन भन्दै सार्वजनिक कार्यक्रममा हुँकार गर्ने स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत भने अहिले चुपचाप बस्दै तीजको कार्यक्रममा मस्ती गर्दै बसेका छन् । यसरी स्वास्थ्यमन्त्री बस्नेतको भित्री सहमती लिएर चिकित्सक संघ र केही मन्त्रालयका कर्मचारीहरुको अबैध साँठगाँठमा डाक्टरमाथी कुटपिट गरेको बहना बनाई नीजि क्लिनिकमा अत्याधिक मंहगो शुल्क असुली गर्न बाटो खुलाएको आरोप समेत मन्त्री बस्नेतमाथी लागेको छ । सो सम्बन्धमा मन्त्री बस्नेतलाई फोन सम्र्पक गर्दा बस्त भएको भन्दै उनका स्वकीय सचिबले फोन लाईन काटेका थिए ।
ऐन विपरित बन्द हड्ताल गरेको सूचना हेर्दे सेवाग्राही (फोटो साभार : नेपालप्रेसबाट)
स्वास्थ्य क्षेत्रमा बढ्यो बेथिती : स्वास्थ्यमन्त्री बस्नेतकै आँडमा अस्पतालको लुट
स्वास्थ्यमन्त्री बस्नेतको बचाउमा मन्त्रालयका कर्मचारी परिचालन : आफ्नै बोली गलपासो भएपछि…
स्वास्थ्यमन्त्री बस्नेतको निर्णय अबैध : कार्यान्वयन नगर्न अदालतको आदेश
आत्महत्याको दुरुत्साहन हुने अभिव्यक्ति दिएपछि साँसदले मागे स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा
निःशुल्क उपचारका नाममा अस्पतालको लुट : मन्त्री बस्नेतले कर्मचारीलाई भने, ‘मन्त्रीको गेटमा झुण्डिनु’
कमिशनको खेलमा स्वास्थ्यमन्त्री बस्नेत : भूपेन्द्रलाई भीसीको नियुक्ति, सर्जिकल व्यापारीमा खुसीयाली !
स्वास्थ्यमन्त्री बस्नेत नीजि अस्पतालको चाकडीमा : भाषणमा उग्र, कार्यान्वयनमा शुन्य
मापदण्ड विपरित ओपिडी शुल्क वृद्धि : स्वास्थ्य मन्त्री बस्नेतकै संलग्नता
कोरोनाको समयमा बदमासी गर्ने पिपल्स डेन्टल कलेजसंग स्वास्थ्यमन्त्रीको अबैध साँठगाँठ
यसरी नीजि क्लिनिक सञ्चालकहरुको योजनामा मन्त्री बस्नेतको भित्री अबैध सम्बन्ध र सहमतीबाट देशभरका स्वास्थ्य संस्थाहरु बन्द गर्दा समेत सरकारले सो बारे कुनै चासो नदिएका कारण बिरामीहरु अत्यावश्यक उपचार पाउनबाट वञ्चित भएका छन् । गत बुधबार हेटौंडाको सन्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रेर अस्पतालका सेवा बन्द गरेका छन् ।
उक्त घटनामा संलग्न दोषीहरूलाई छानबिन गरी कारबाही गर्न र देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षाबलको व्यवस्था गर्न संघले माग गर्नु उचित हो तर सेवा बन्द गर्नु मानविय रुपमा पनि उपयुक्त नभएको को छ । राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताएका छन् ।
अध्यक्ष महर्जनका अनुसार, सरकारकै मन्त्री, कर्मचारीकै मिलिमतोमा नीजिलाई पोस्नकालागि यो फण्डा गरेको बताउछन् । अध्यक्ष मर्हजनले भने,‘डाक्टर र स्वास्थ्यकर्मीमाथी कुटपिट हुनु दुःखत कुरो हो, कुटपिटमा संलग्नमाथी कारबाही हुनु पर्छ, सरकारलाई दवाव दिनु उचित हो तर, स्वास्थ्य सेवानै बन्द गरेर आन्दोलनमा उत्रनु विद्यमान ऐन कानुन विपरित रहेको छ ।’ संघले डाक्टरहरुलाई कुटपिट गर्नेहरुलाई ७२ घण्टाभित्र कारबाहीको दायरामा ल्याउन माग गरेपनि मन्त्री बस्नेत भने सो मागका बारेमा चासो नदेखाई आन्दोलन लम्वाउदै गएका छन् ।
तर सो समयअवधिसम्म पनि कारबाही नगरिएको भन्दै संघले आइतबारदेखि सबै स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् । गत साउन २२ गते डेंगुको लक्षण लिएर हेटौंडाको सन्चो अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीलाई डाक्टरहरुले साउन २३ गते नै अर्को अस्पताल रेफर गरेका थिए । ती बिरामीको साउन २५ गते मृत्यु भएको थियो ।
त्यसपछि मृतकका आफन्तले पहिला गएको सन्चो अस्पतालले नै राम्रोसँग उपचार नगरेको आरोप लगाउँदै क्षतिपूर्तिको माग गर्दै डाक्टर माथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । डाक्टरहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्न जिल्ला अदालत मकवानपुरले प्रहरीलाई भदौ २९ गते तीन दिनको म्याद दिएको थियो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!