काठमाडौं । देशको अर्थतन्त्रको सूचक नकारात्मक बन्दै गएपछि अर्थभमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्रालय अन्तरगतका सवै सूचना लुकाउन कर्मचारीलाई कडा निर्देशन दिएका छन् । अर्थमन्त्री महतको सो निर्देशन लगत्तै कर्मचारीहरुद्वारा सूचना लुकाउन थालेका छन् । मन्त्रालयको वेवसाईटदेखि भेटघाटका क्रममा अर्थतन्त्रको अबस्था र बजेट निकासा, रकमान्तर र स्रोत सहमतिको विवरण समेत लुकाएका छन् ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलले मन्त्रालयबाट हुने सवै रकमान्तर, थप निकासा र स्रोत सहमतिको विवरण सार्वजनिक गर्ने चलन सुरु गरेका थिए । भने सो चलनलाई रोकेर अर्थतन्त्रको विकास ठप्प भएपछि भ्रामक अर्थतन्त्रको सूचक योजनाबद्ध रुपमा सार्वजनिक गरि आफ्नो कार्यकालमा ठिक भएको नौटकी मन्त्री महतले सुरु गरेका छन् ।
मन्त्री महतले २०७९ चैत र बैशाखको विवरण सार्वजनिक गरेसंगै त्यसपछिका सवै विवरण लुकाउन कर्मचारीहरुलाई निर्देशन दिएको एक कर्मचारीले नाम नलेख्ने सर्तमा बताए । ती कर्मचारीले क्यान्टिनमा चिया खाने समयमा भने,‘मन्त्री जीको कडा आदेश आयो, त्यसपछि अर्थबाट हुने सवै कारोबार र अन्य सूचना समेत सार्वजनिक गर्न र पत्रकारसंग धेरै नबोल्न समेत निर्देशन दिएको छ, जागिरको सवाल छ, जस्तो निर्देशन आउछ त्यही अनुसार काम गरिन्छ ।’
अहिले कुन महिनामा कुन व्यक्तिलाई आर्थिक सहयोग दियो, कुन आयोजनाको बजेट कटाएर कुन आयोजनालाई वितरण रकमान्तर गरियो र योजनामा थप सहमति कसलाई केके दिइयो भन्ने सवै विवरण अहिले बन्द कोठाभित्र गरेर सूचना लुकाउने कार्यमा बृद्धि हुदै गएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ को दफा २० ले अर्थ मन्त्रालयलाई स्रोत सहमति र रकमान्तरको सुविधा दिएको छ ।
यस्तो सहमति र रकमान्तरको कुरा पारदर्शी गरिनुपर्नेमा मन्त्री महतले नै सुचना लुकाएर विद्यमान कानुनकै उल्लघंन गरेर कर्मचारीलाई पत्रकारसंग धेरै नबोल्न र सूचना लुकाउन निर्देशन दिनुलाई न्यायसंगत नभएको बताइएको छ । सोही ऐनको परिच्छेद १० दफा ५६ मा सार्वजनिक गर्नुपर्ने शीर्षक उल्लेख छ, जसमा लेखिएको छ ‘यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम वा अन्य प्रचलित नेपाल कानुनबमोजिम सम्बन्धित कार्यालयले तयार गर्नुपर्ने वित्तिय प्रतिवेदनहरु त्यस्तो प्रतिवेदन तयार गर्न तोकिएको समयावधि समाप्त भएको मितिले सात दिनभित्र विद्युतीय वा अन्य उपयुक्त माध्यमबाट सार्वजनिक गर्नुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।
यसरी प्रष्ट उल्लेख कानुनलाई समेत लत्याउदै नेपाली काँग्रेसबाट अर्थमन्त्री बनेका डा महतले सो कार्य गर्दै आउनुलाई रह¥यमय रुपमा हेरिन थालेको छ । सार्वजनिक सभा सम्मेलन र कार्यक्रममा मन्त्री महत अरुलाई पारदर्शीताको आर्दश कुरा बाढ्दै हिड्ने र भाषणमा समेत चर्को कुरा हिंड्ने अर्थमन्त्री महतले आफ्नै मन्त्रालयको कामकारवाहीको सुचना भने लुकाउन दिएको निर्देशन पछि उनको असली रुप बाहिर आएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!