मेरा बा र म

- September 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

-घनश्याम रेग्मी 

म सानो हुदा,
जे हुदा पनि बा हुनु हुन्छ नि, भन्ने लाग्थ्यो
कसै ले केही भन्दा,बा लाइ भन्दिन्छु भन्न मन लाग्थ्यो
बाले म लाई काधमा राखेर चरी जस्तै घुमाउदा
बा सबैभन्दा वलिया र शक्तिशाली लाग्थ्यो

म ठूलो हुदै जादा,
म लाई थाहा भयो,मेरा बा सोझा सरल हुनुहुन्थ्यो
आफ्ना समस्या लुकायर,हाम्रा इच्छा पुरा गर्नुहुन्थ्यो
सत्मार्गमा लाग्न कहिले सम्झाउनु हुन्थ्यो, कहिले फकाउनु हुन्थ्यो
म सबै परिक्षा पास हुदा, धेरै खुसी हुनुहुन्थ्यो

तर आजभोली,
मेरा बा केही भन्नुहुन्न,
रिसाउनु पनि हुन्न, फकाउनु पनि हुन्न
म बिरामी हुदा दुख, सफल हुदा खुसी ब्यक्त गर्नु हुन्न

कहीले काही सपनामा आउनु हुन्छ, मलाइ सुम्सुम्याउनु हुन्छ
सधै एकोहोरो हेर्नु हुन्छ,
त्यसैले मेरा बा भित्ताको फ्रेममा हुनुहुन्छ
केवल मनमनै आशिर्वाद मात्र दिनुहुन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!