तोलामै हजार रुपैयाँले घट्यो सुन

- September 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले मूल्य घटेर १ लाख ११ हजार दुई सय रुपैयाँ कायम भएको छ ।
बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य स्थिर छ । तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६५० रुपैयाँ रहेको छ ।
त्यसैगरी आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदरी प्रतितोला तोलामा १३ सय ९० रुपैयाँ कायम थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!