संक्रमणकालीन न्यायका बारेमा एमालेले नमाने अप्ठ्यारो पर्ने : नेता बिडारी

- September 14, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले आफूले सुन तस्करीको मुद्दामा बहस गर्न नमानेको बताएका छन् ।

सुन तस्करीमा संलग्न व्यक्तिलाई माओवादी नेताहरुको संरक्षण छ भने त्यो कारबाहीको विषय हुने उनले औंल्याए ।

‘सुनतस्करीमा माओवादी नेताहरुको संरक्षण छ वा छैन ? त्यो अनुसन्धान अधिकारीहरुले ठहर गर्ने कुरा हो ।

भीमकान्त भण्डारीले कुन माओवादी नेताले कहाँ र कसरी संरक्षण गरे पनि भन्न सक्नुपर् यो ।

वर्षमान पुन, ओनसरी घर्ती वा रमेश मल्ल वा कसैको सल्लाहमा काम गरेको भनेका छन् भने उहाँहरुसँग पनि सोधपुछ गर्नुपर् यो,’ नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’सँग बिडारीले भने ।

सुनतस्करीमा माओवादी नेताहरु लोभी भएकाले वा माओवादीविरुद्धको षडयन्त्रस्वरुप पोलिएको उनले बताए ।

आफूलाई माओवादी नेताको संरक्षण छ भन्ने भीमकान्त भण्डारीलाई धेरै कोणबाट अनुसन्धान गरिनुपर्नेमा उनको जोड छ ।

संक्रमणकालीन न्यायका बारेमा एमालेले नमाने अप्ठ्यारो पर्ने पनि बिडारीले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!