‘नाडा अटो शो’मा फोर्स अरबानीया सार्वजनिक

- September 12, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रा.लिले ‘नाडा अटो शो’मा भारतमा अत्याधीक माग रहेको साथै नेपालमा सर्वाधिक मानिसहरुको पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स कम्पनीको अरबानीया(Urbania) भ्यानकोे अनावरण तथा बुकिङ्ग खुल्ला गरि बिक्री वितरण शुभारम्भ गरेको छ ।
उक्त भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्यमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहनुका साथै कार जस्तै आरामदायी र सूबिधा सम्पन्न रहेको कुरा कम्पनीले जनाएको छ । यो भ्यान विश्व प्रशिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएको दावी कम्पनीको छ ।
आकर्षक र सुबिधा सम्पन्न देखिएको माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन भने यसका १५ सिट भ्यानको मुल्य ८२९९००० र १८ सिटको भ्यानको मुल्य ८६९९००० कम्पनीले सार्वजनिक गरेको छ । यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ, साथै ‘नाडा अटो शो’मा बुकिङ्ग गर्नेहरुको लागी आकर्षक छुट सुबिधा समेत उपलब्ध हुने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । फोर्स मोटर्सको नेपालका २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु रहेका छन ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!