अन्तर्राष्ट्रिय महोत्सवमा नेपाली चलचित्रको पहिलो प्रदर्शनी

- September 12, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अन्तर्राष्ट्रिय मेला महोत्सवमा पनि नेपाली चलचित्रहरुको प्रर्दशनी सुरु भएको गरिएको छ । अन्तर्राष्ट्रिय बजारको खोजीमा रहने नेपाली चलचित्र निर्माता तथा निर्देशकहरुले अहिले वर्ल्ड प्रिमियरका लागि मेला महोत्सवमा समेत आफ्ना चलचित्र प्रर्दशन गर्न सफल भएका छन् । यसै साता दुई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रदर्शनी गरिएको छ । गत भदौ १३ देखि २३ सम्म इटालीको भेनिसमा सञ्चालन भएको ‘भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ८०औँ संस्करणमा निर्देशक फिडेल देवकोटाद्वारा निर्देशित चलचित्र ‘दि रेड सुटकेस’को प्रदर्शनी गरिएको छ । भने अर्को चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा प्रदर्शनी गरिएको छ । भदौ २१ गते सुरू भएको महोत्सव ३१ गतेसम्म चल्ने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!