लन्डनमा गोर्खा वारियरको लन्डनमा प्रिमियर सो सम्पन्न

- September 11, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’को लन्डनमा प्रिमियर सो सम्पन्न भएको छ । हलिउड फिल्मको प्रिमियर केन्द्रका रुपमा लिइने लिसेस्ट स्क्वायर लन्डनको आइम्याक्स सिनेवल्र्डमा बेलायतको समय अनुसार आईतबार दिउँसो १२ बजेबाट बेलुका ५ः३० बजेसम्म गोर्खा वारियरको प्रिमियर सम्पन्न भएको बताईएको छ ।

गोर्खालीहरुले मलाय युद्धमा सफलता हाँसिल गरेको सहसिक कथामा निर्मित यो चलिचत्रको प्रिमियर शो गरिएको थियो । प्रिमियरमा शोमा अन्तराष्ट्रिय नेपाली चलचित्र ‘गोर्खा वारियर’लाई नौ सय जनाले हेरेको निर्देशक मिलन चाम्सले बताएका छन् । उनले भने, ‘मैले २० वर्ष अघि देखेको यो सपना ऐतिहाँसिक रुपमा  यो प्रतिष्ठित स्थलमा भव्यताका साथ सम्पन्न भएको छ ।

कार्यक्रम मैले सोचेको भन्दा धेरै सफल भएकोमा साह्रै खुसी छु ।’ रेक कार्पेट इभेन्टमा व्रिटिश आर्मीका मेजरको कमाण्डमा ब्रिगेड ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । यो व्यान्डका तर्फबाट चलचित्र गोर्खा वारियरको गीत सहित विभिन्न गीतको धुन प्रस्तुत गर्दै प्रिमियरमा आगन्तुकहरुलाई स्वागत गरिएको थियो । हलिउडबाट मिसन ईम्पोसिवलका निर्माता टोमी ग्रोम्ली , हलिउडका पाईनहुड स्टूडियोका प्रमुख एन्डरु स्मिथ, अपरेशन म्यानेजर म्याट हाटकिन पनि विशेष अतिथिका रुपमा यो प्रिमियरमा सहभागी थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!