काठमाडौं । ग्यालेक्सी फोके टेलिभिजनका मालिक तथा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईसहित ७ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारी ठगीलगायत विभिन्न आरोपमा परेको उजुरीपछि फरार रहेका राईमाथी पक्राउ गरि अनुसन्धान अगाडी बढाई कारबाही गर्नकालागि प्रहरीले उनी विरुद्ध पक्राउ पुर्जी जारी गरेको जनाएइको छ । उनी अध्यक्ष रहेको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका १ हजार बचतकर्ताको उजुरीपछि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।
१ अर्ब १५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ गर्न उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । हाल सूर्यदर्शनको अध्यक्षमा थानबहादुर बुढा अध्यक्ष छन् । सहकारीको कोषाध्यक्षमा ग्यालेक्सी टिभीकै संचालक हुँ भन्दै परिचय दिने कुमार रम्तेल नामका व्यक्ती रहेका छन् ।
जीवि राई ग्यालेक्सी फोर के टिभीका मालिक, सञ्चालक र रम्तेल त्यसैमा संलग्न व्यक्ती हुन । उनीहरुमध्ये दुबै प्रहरीको निगरानीमा रहेको बताएपनि उनीहरु अहिलेसम्म पक्राउ परेका छैनन् । सहकारी ठगी प्रकरणमा दोषी देखिएपछि राई भुमीगत भएका अर्थात फरार सूचीमा रहेका व्यक्ती हुन । राई भुमीगत भएपछि ग्यालेक्सी टेलिभिजनमा कार्यरत कर्मचारी पत्रकारहरुले अहिलेसम्म तलव नपाएको पीडित पत्रकारहरुले बताएका छन् ।
लामो समयदेखि टेलिभिजनमा कर्मचारीहरुले तलव नपाएसगै राई र रम्तेल पक्राउ परेको खण्डमा टेलिभिजन सञ्चालनमा आउछ या बन्द हुन्छ भन्ने चर्चा अहिले चौतर्फी चलेको छ । उता केदार शर्मा पक्राउ परेसंगै अर्थ न्युज टेलिभिजन बन्द भएको छ । सो टेलिभिजनमा पनि पत्रकार कर्मचारीहरुले लामो समयदेखि तलव पाएका छैनन् ।
नेचर हव्र्स इन्टरनेसनलका मालिकको टिभीमा पत्रकारलाई तलब दिएन : सञ्चालक राई अर्धभुमीगत
ग्यालेक्सी फोके टिभीका अध्यक्ष राईको ठगीधन्दामा सरकार मौन : सहकारीको १६ अर्ब अवैध नेटवर्किङ व्यवसाय
ग्यालेक्सी टिभीलाई ठग्ने थलो बनाइयो : ग्यालेक्सी समूहले ५ वटा सहकारी बनाएर ५ अर्बभन्दा बढी ठगी
ग्यालेक्सी टिभीका अध्यक्षको नेचर हव्र्सद्वारा ठगी : विना दर्ताको औषधी बिक्री
नेचर हव्र्सद्वारा ६ वटा शिर्षकमा ठगी: मिडियादेखि हुण्डीसम्ममा स्रोत नखुलेको रकम लगानी
नेटवर्किङको अबैधधन्दाको रकमबाट टेलिभिजनमा लगानीः मिडियाको कार्ड देखाउदै ठगीधन्दा गरिदै
ग्यालेक्सी टिभीमा पत्रकारलाई मालिकले थर्काए : मासिक तलब समेत दिएनन
यस बिषयमा तपाइको प्रतिक्रिया...!