सितोरियो करातेमा पुन: दावा गुरुङ्ग अध्यक्षमा सर्वसम्मत निर्वाचित

- September 8, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बाराको निजगढमा जारी नेपाल सितोरियो कराते संघको दोश्रो ऐतिहाशिक साधारण सभा तथा महाधिवेशन ( निर्वाचन ) सर्वसम्मत रुपमा सम्पन्न भएको छ ।

उक्त निर्वाचनमा अध्यक्षमा दावा गुरुङ्ग पुन:सर्वसम्मत बाट निर्वाचित भएका छन । बरिष्ठ उपाध्यक्षमा मजेन्द्र सिंह,उपाध्यक्षहरुमा राजिव थापा,किशोर भट्टराई र पाल्छाङ हेन्जन निर्वाचित भए । देव कुमार लामा, प्रकाश मोहन धौवडेल, प्रेमलाल बोम्जन, बिजयमान थापा, मिलन राज प्रसाई, हरि बहादुर घर्ती, राजेन्द्र बराल, हेमन्त कुमार मल्ल, मनिराम थापा, उमा महतो, बिजय बस्नेत, धर्म प्रसाद न्यौपाने, बिजय गुरुङ, मधु लामा, राधिका देउला, जानकी सेढाई महर्जन, कृष्ण गौतम, प्रेम बहादुर राना र ज्ञान बहादुर जिम्वा निर्वाचित भए ।

सर्वसम्मत रुपमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन टोलीका प्रमुख अधिवक्ता गोपी बहादुर भण्डारी,लोक बहादुर खुलाल र नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले एक बिशेष समारोह बिच सार्वजनिक गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभयो ।

नेपाल सितोरियो कराते संघको नयाँ संशोधित बिधान-२०८० अनुरुप अध्यक्ष-१, बरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-३ र १९ जना सदस्यहरु सहित २५ सदस्यहरु निर्वाचित र बाकी मनोनित र आमन्त्रित सदस्यहरु गरि २९ जना कार्य समिति रहेको बिधानमा उल्लेख गरिएको छ भने पदाधिकारीहरुमा बाकी रहेका उपाध्यक्ष,महासचिव,सचिव,कोषाध्यक्ष, सल्लाहकार सहित अन्य थप सदस्यहरु मनोनित गर्ने अधिकार पनि अध्यक्षको रहेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङ्गी’ईश्वर’ ले जानकारी गराउनुभयो ।

यस अघि एक बिशेष समारोह बिच कार्यक्रमको उदघाटन नेपाल सितोरियो करातेका संस्थापक प्रथम प्रमुख प्रशिक्षक महागुरु थानेश्वर राई ले गर्नुभएको थियो । उक्त समारोहमा मधेस प्रदेशका सांसद मिना लामा,वागमती प्रदेश खेलकुद परिषदका सदस्य सचिव सुर्य लाल भण्डरी, राष्ट्रिय खेलकुद परिषदका पुर्व सदस्य सचिव एवम नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा,७ वटै प्रदेशका प्रतिनिधि,पर्यबेक्षक,करातेका बरिष्ठ प्रशिक्षक, लगायतको उपस्थिति रहेको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!