रोशन कार्की
काठमाडौं । आफुलाई विकासप्रेमी र जनताको पक्षमा काम गर्ने नेता भएको हुँकार गर्दै आएका मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री भएसंगै नीजि अस्पतालहरुको ठगीधन्दा खुलेर हुनेक्रममा तीव्रता आएको छ । बाहिर भाषणमा जनातको पीरमर्काको भाषण गर्ने तर भित्री रुपमा नीजि अस्पताल संञ्चालकहरुको योजना अनुसार काम कारबाही र शुल्क समेत बृद्धि गर्न अन्तिम स्वीकृति दिएसंगै खुला रुपमा विरामीमाथी लुटको धन्दा चलाउदै आएका छन् ।
संवेदनशील अवस्थामा पनि अस्पताल सञ्चालकहरुले आफुखुशी शुल्क बृद्धि गर्दै हजारौ रुपैयाँ सामान्य चेकजाँचमा समेत असुली गर्दा समेत सरकारको ध्यान जान सकेको छैन । निरन्तर स्वास्थ्यको नाममा अबैध व्यापार गरिरहेका तीनै स्वास्थ्य माफियाहरुसंगको छलफल र कमिशनकै लोभमा स्वास्थ्यमन्त्री बस्नेतको नाङ्गो नाच चलि रहेको स्वास्थ्यमन्त्रालयकै एक अधिकृतले गुनासो पोखेका छन् । नाम नलेख्ने सर्तमा ती अधिकारीले भने,‘मन्त्रीको अन्धभक्त भएर सवै कुरालाई सही त भनी सदर गर्ने उहाँको जिम्मेवार कर्मचारी हुने गरेको र ऐन नियमले यो गर्न मिल्दैन भनेमा सरुवादेखि काम विहिन बनाउने सम्मको हर्कत गर्ने गरेका छन् ।’
सरकारको व्यापार नीतिको सरकारी, सामुदायिक र निजी अस्पतालले भरपूर लाभ उठाउदै सेवाग्राही भने दैनिक रुपमा ठगीदै आएका छन् । यसरी सो मन्त्रालयको जिम्मा बस्नेतले लिएसंगै काभ्रेको धुलिखेल अस्पताल, ह्यास् अस्पताल, नर्भिक अस्पताल, चाबहिलको हेल्पीङ ह्याण्ड नामक अस्पतालमा सो अबैधधन्दाले उग्र रुप लिएको छ ।
सामान्य बिरामीका लागि ५० हजार, मध्यम जटिल बिरामीका लागि १ लाख र जटिल बिरामीका लागि २ लाख रुपैयाँभन्दा बढी रकम विना शिर्षकमा धरौटी राख्नु पर्ने र नराखेमा भर्ना नै नगर्ने सूचना कतिपय अस्पतालले जारी नै गरेको छ । कस्ता–कस्ता बिरामीलाई सामान्य, मध्यम वा जटिल भनिने भन्ने बारेमा भने अस्पताल प्रशासन मौन बसेको छ । सो सम्बन्धमा अस्पताल प्रशासनमा सम्र्पक गर्दा आधिकारी व्यक्तीसंगको भेट नै नहुने गरेको छ ।
यसरी धुलिखेल अस्पतालले सो बाध्यकारी व्यवस्था लागु गर्दा समेत मन्त्री बस्नेतको ध्यान गएपनि कारबाही गर्ने आँट गरेका छैनन् । न्यूनतम ५० हजार खल्तीमा नबोक्ने मानिस अस्पतालबाट उपचार नै गर्न नपाउने अबस्थामा पुगेका छन् । उता मन्त्री बस्नेत भने सार्वजनिक कार्यक्रममा अब गरिवले उपचार नपाएर मर्न नपर्ने भन्दै चर्का भाषण गर्नमै व्यस्त रहेका छन् । मन्त्री बस्नेतको भनाई र गराईमा आकाश पतालको फरक भेटिटएको पीडित विरामीहरुका आफन्तहरुले बताएका छन् ।
उता नेपाल मेडिकल कलेजले बेडको चार्जमा समेत भारी शुल्क बृद्धि गरेको भेटिएको छ । विभिन्न शिर्षक उपशिर्षक जोड दिनको ३ हजार ५ सय रूपैयाँ बेडचार्ज असुली गरेको पीडित विरामीका आफन्तहरुले बताएका छन् । प्राकृतिक महामारीको बेलामा त त्यस्ता अस्पतालहरुले दैनिक जसो शुल्कबृद्धि गरेर मुल्यअभिबृद्धि कर (भ्याट) समेत १३ प्रतिशत जोडेर शुल्क असुली गर्ने गरेको पाईएको छ ।
सरकारी तथा सामुदायिक अस्पतालले ५० हजार नबोकेको विरामीलाई अस्पतालले भित्र नछिर्न नदिने गरि दादागिरी चलाउदै आएको छ भने नीति अस्पतालले सामान्य उपचार गर्दा नै न्यूनतम १ लाख रुपैयाँ बील तयार गरेर ठगीधन्दा चलाउदै आएका छन् । यसरी ठगी गरेको सुो रकमबाट केही हिस्सा मन्त्रीलाई समेत बुझाउने गरेको आरोप ह्याम्स् अस्पतालका एक कर्मचारीले बताएका छन् ।
स्वास्थ्यमन्त्री बस्नेत भने उपचार निःशुल्क गरिँदै जाने भन्दै भाषण गर्दै आएका छन् । बस्नेतले निजीक्षेत्रको चाहना र मागअनुसार निजीक्षेत्रबाट संचालित प्रयोगशाला र अस्पतालहरूलाई फाइदा पुग्ने गरि निर्णय समेत गर्दै आएको आरोप लागेको छ । यति हुँदा पनि स्वास्थ्यमन्त्री बस्नेत किन्चित असजिलो नमानी गरिबको उपचार सरकारले गरेको दाबी गर्दै आएका छन् ।
स्वास्थ्य क्षेत्रबाटै संविधानको ठाडो उल्लंघन गरेर सरकार स्वास्थ्यको व्यापारमा नाफा केन्द्रित देखिएको छ । आफ्नै व्यापारमा नाफा कम भएपछि निजीक्षेत्रसँग मिलेर विचौलियाको काम समेत मन्त्री बस्नेतले गर्न लगाएको आरोप लागेको छ । यस्तो लुटधन्दा महामारीका समयमा बढी हुने गरेको छ । जनता रोजगारविहीन, भोकको छटपटीमा बसिरहेको अबस्थामा पनि सरकारले स्वास्थ्यमा निरन्तर व्यापार गरिरहेको छ ।
स्वास्थ्यमन्त्री बस्नेतको बचाउमा मन्त्रालयका कर्मचारी परिचालन : आफ्नै बोली गलपासो भएपछि…
स्वास्थ्यमन्त्री बस्नेतको निर्णय अबैध : कार्यान्वयन नगर्न अदालतको आदेश
आत्महत्याको दुरुत्साहन हुने अभिव्यक्ति दिएपछि साँसदले मागे स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा
निःशुल्क उपचारका नाममा अस्पतालको लुट : मन्त्री बस्नेतले कर्मचारीलाई भने, ‘मन्त्रीको गेटमा झुण्डिनु’
कमिशनको खेलमा स्वास्थ्यमन्त्री बस्नेत : भूपेन्द्रलाई भीसीको नियुक्ति, सर्जिकल व्यापारीमा खुसीयाली !
स्वास्थ्यमन्त्री बस्नेत नीजि अस्पतालको चाकडीमा : भाषणमा उग्र, कार्यान्वयनमा शुन्य
मापदण्ड विपरित ओपिडी शुल्क वृद्धि : स्वास्थ्य मन्त्री बस्नेतकै संलग्नता
कोरोनाको समयमा बदमासी गर्ने पिपल्स डेन्टल कलेजसंग स्वास्थ्यमन्त्रीको अबैध साँठगाँठ
यस बिषयमा तपाइको प्रतिक्रिया...!