एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा पत्रकार गौतमको उमेदवारी

- July 25, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं – आसन्न गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको अधिवेशनमा यसअघि कार्यसमितिमा रहेर अनुभव बटुलेकी पत्रकार पुनम गौतमले बरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारी प्रस्तुत गरेकी छिन् । संचारकर्मीका रुपमा काम गरेकी हक्की स्वभावकी गौतमले गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद्को पोर्चुगल उपाध्यक्षमा रहेर थप योगदान पु¥याउन सक्ने आकलन पोर्चुगल निवासी नेपालीको छ ।

वर्तमान कार्यसमितिमा रहेर सकृय भुमिका निर्वाह गरिरहेकी गौतमले आगामी कार्यकालको लागि अझ सशक्त भुमिका निर्वाह गर्ने उद्देश्यले उम्मेद्वारी दिन लागेको बताइन् । हाल नारी समाज पोर्चुगलकी महासचिव समेत रहेकी गौतम सामाजिक कार्यमा क्रियाशील रहँदै आएकी छिन् ।

तीव्रखबरसंगको संवादमा वरिष्ठ उपाध्यक्षको प्रत्यासी गौतमले भनिन् – आज सम्म विभिन्न संघसस्थामा रहेर काम गर्दा हासिल गरेका अनुभवका आधारमा एनआरएनए जस्तो नेपालीहरुको वृहत्तर संघमा गएर काम गर्न केही हदसम्म भएपनि सहज हुनेछ भन्ने विश्वास मैले लिएकी छु ।

“हाल पनि संघको कार्यसमितिमा रहेर आफ्नो भुमिकालाई कृयाशिल गराई राखेकै कारण पनि त्यसको अनुभव, सिकाई र बुझाईले गर्दा महिलाले स्थान पाउनु पर्छ भन्ने हेतुले वरिष्ठ उपाध्यक्ष पदमा रहेर संघ प्रति अझ बढी योगदान दिन सक्ने लक्ष्यका साथ आफुलाई उम्मेद्वारको रुपमा अघि सारेको छु,” उनले थपिन । संगै गौतमको थप कथन थियो – गैर आवासीय नेपाली जस्तो नेपालीहरुको हक र अधिकारीका निम्ति स्थापित संस्थामा काम गर्न पाउँदा म आफूलाई भाग्यमानी समेत ठानेकी छु । यसको अलावा मेरो उमेदवारी पोर्चुगलमा रहनुभएका सम्पूर्ण नेपालीहरुको साझा उमेदवारको रुपमा आफुलाई पाएको छु ।

गैर आवासीय नेपाली राष्ट्रिय समन्वय परिषद्को ९ औँ अधिवेशन आगामी जुलाई ३० मा सम्पन्न हुँदैछ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!