काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले एक पत्रकार सम्मेलनमा ‘आत्महत्या गर्ने भए डोरि दिन्छु मन्त्रीको ढोकामा आएर झुण्डीनु’ भन्दै कर्मचारीलाई हप्काएको अभिव्यक्ती दिएपछि सो अभिव्यक्तिको बचाउमा अहिले मन्त्रालयका कर्मचारीलाई परिचालन गरिएको छ । सार्वजनिक कार्याक्रममा बोलेको विषयलाई लिएर तीव्रखबर डटकमले समाचार प्रकाशन गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आत्महत्या जस्ता विषयसँग जोडेर स्वास्थ्यमन्त्री बस्नेतको नाम आएको समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै मन्त्रीको बचाउ गरेको छ ।
स्वास्थ्यमन्त्री बस्नेतको निर्णय अबैध : कार्यान्वयन नगर्न अदालतको आदेश
आत्महत्याको दुरुत्साहन हुने अभिव्यक्ति दिएपछि साँसदले मागे स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा
निःशुल्क उपचारका नाममा अस्पतालको लुट : मन्त्री बस्नेतले कर्मचारीलाई भने, ‘मन्त्रीको गेटमा झुण्डिनु’
मन्त्रालयले मन्त्री बस्नेतको बचाउ गर्दै जारी गरेको विज्ञप्तिमा संघ पूल दरबन्दीमा रहेका एकजना विशेषज्ञ चिकित्सकलाई खटाइएको ठाउँमा काम गर्न सम्झाईबुझाई गर्दा पनि आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटक÷पटक धम्कीको भाषा प्रयोग गरेको बताएको छ ।
ती चिकित्सकलाई तोकिएकै स्थानमा जाउन् भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा मन्त्री बस्नेतले सो भाषा प्रयोग भएको भन्दै बचाउ गरेको छ । मन्त्री बस्नेतले ती चिकित्सकलाई ‘आत्महत्या गर्ने भए मेरो ढोकामा आएर झुण्डिनु डोरी दिन्छु ‘भनेको बताएपछि उनी विवादमा तानिएका थिए ।
मन्त्री बस्नेतले बोलेकै कुरालाई बनाएको समाचारलाई पनि सो मन्त्रालयका केही कर्मचारीले मन्त्रीको चाकडी गर्दै ‘हाल सो तथ्य तोडमोड गरी अर्कै भाष्य सृजना गर्ने प्रयास गरी पत्रपत्रिका तथा सामाजिक सञ्जालमा भ्रम सृजना गरेको’ भन्दै उल्टो सञ्चारमाध्यामलाई आरोप समेत लगाएको छ ।
राष्ट्रिय ट्रमा सेन्टरमा सो विषय विज्ञता सम्बन्धी ४० भन्दा बढी स्वास्थ्यकर्मीहरू कार्यरत रहेको र हाल पनि दरबन्दी भन्दा बढी विशेषज्ञ रहेको तथा अन्य अस्पतालमा दरवन्दीका विशेषज्ञ नभएको अवस्थामा यस्ता धम्कीहरूलाई निरूत्साहन गर्दै स्वास्थ्यकर्मीहरूलाई दरवन्दी भएकै ठाउँमा काम गर्ने वातावरण सृजना गर्न तथा वर्षौंदेखि कामकाजमा मात्र रहने अवस्था सुधार गरी काठमाडौंमा मात्रै बस्न खोज्ने प्रवृत्तिलाई रोक्न यस्तो प्रयास भएको मन्त्रालयले प्रष्टीकरण दिएको छ ।
स्मरण रहोस् कुनै पनि कर्मचारी सरुवा गरेको स्थानमा जान मान्दैन भने सो कर्मचारीमाथी कानुनी कारबाही गर्ने अधिकार भएपनि सो अधिकार प्रयोग नगरि आत्महत्यालाई प्रत्साहन हुने गरि मन्त्री बस्नेतले बोलेपछि उनी विवादमा तानिएको हो । उक्त अभिव्यक्तीको भिडियो सहित सार्वजनिक गर्दा पनि अझै मन्त्री बस्नेतले गल्ती नबोलेको दाबी मन्त्रालयको रहेको छ ।
मन्त्री बस्नेतको चाकडी गर्दै सूचना अधिकारी डा. पवनकुमार साहले विज्ञप्तिमा निकालेका छन् । सो विज्ञप्तिमा भनेको छ, स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने र दुर्गममा पनि स्वास्थ्यका जनशक्ति पुर्याउने अभियान चलाइरहदा प्रशासनिक सुधारका क्रियाकलापलाई आत्महत्या जस्ता संवेदनशील विषयसँग जोडेर समाचार सम्प्रेषण नगर्न नगर्न भन्दै चेतावनी समेत दिएको छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!