काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आत्महत्याको दुरुत्साहन हुने अभिव्यक्ति दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले तत्काल मन्त्रीपदबाट राजीनामा दिन माग गरेकी छिन् । मन्त्री बस्नेतले दरबन्दी र कार्यक्षेत्रको माग गर्दै आएका स्वास्थ्यकर्मीहरूलाई ‘आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुन्डिए हुन्छ ।’
निःशुल्क उपचारका नाममा अस्पतालको लुट : मन्त्री बस्नेतले कर्मचारीलाई भने, ‘मन्त्रीको गेटमा झुण्डिनु’
भन्ने अभिव्यक्ति दिएपछि उनले राजीनामा मागेकी हुन् । स्वास्थ्यकर्मीहरुले मन्त्रालयसँग दरबन्दी व्यवस्थापनका लागि आग्रह गरेका थिए । उनीहरूले काम गर्न गाह्रो भएर आत्महत्या गरौँ जस्तो भयो कार्य क्षेत्रको व्यवस्थापन गरिनुस् भनेर मन्त्रालयलाई भनेका थिए । मन्त्री बस्नेतले सहयोग गर्नुको सट्टा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै कार्की आक्रोशित भएकी हुन् ।
पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेकी कार्कीले नेपालमा हरेक दिन १७—१९ जना युवायुवतीले आत्महत्या गरिरहेको परिप्रेक्ष्यमा तालुकदार मन्त्रीले नै यस्तो अभिव्यक्ति दिनु घातक भएको बताएकी छन् । साँसद कार्कीले सामाजिक सञ्जालमा लेखेर राजीनामा माग गरेकी हुन ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!