ध्यू तेलको मुल्यबृद्धि गर्न उद्योगीले निकाले भन्सार महशुल बृद्धिको लफडा

- June 6, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भारत लगायत तेस्रो मुलुकबाट कच्चा पदार्थको नाममा तयारी तेल, ध्यू टिनका टिन नेपाल भित्राएर गोदाम गर्दै नेपाली उत्पादन भन्दै उद्योगी व्यवसायीहरुले उपभोक्ता मुल्य बृद्धि गर्न विभिन्न उपाय अपनाएका छन ।

पछिल्लो समयमा चोरीपैठारीबाट नेपाल भित्राईएको तेल ध्यूलाई नेपाली उद्योगीहरुको लेवल लगाएर बजारमा पठाउदै आएका उद्योगीहरुले मुल्यबृद्धि गर्न भन्सार महशुल बृद्धि गरेको लफडा निकाली सो महशुल १ प्रतिशतमै कायम नगरे उद्योगको साँचो सरकारलाई बुझाउने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

काठमाडौंको पाँचतारे होटलमा पत्रकार सम्मेलन नै गरेर नेपाल वनस्पति घिउ तेल उत्पादक संघले भन्सार महसुल वृद्धि गर्ने सरकारको नीतिले २६ वटा तेल उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै पुरानै महशुल कायम गर्न माग गरेको छ । स्मरण रहोस् २६ वटा तेल उद्योगमा अधिकाशं तेल ध्यू चोरी पैठारीबाट नेपाल भित्राएर गोदाममा राखेर नेपाली उत्पादनको नाममा बेच्दै आएका छन ।

सरकारले १५ जेठमा प्रस्तुत गरेको बजेटमार्फत तेल उद्योगले आयत गर्ने तोरी, भटमास, पाम लगायतका तेलका कच्चा पदार्थको भन्सार महसुल एक प्रतिशतबाट १० प्रतिशत पुर्‍याइएको र सो तत्काल १ प्रतिशतमै कायम गर्नु पर्ने भन्दै सो संघका अध्यक्ष विकास दुगडले सरकारसंग माग राखेको बताए ।

उनले सो माग पुरा नगरे साँचो सरकारलाई बुझाउने चेतावनी समेत दिए । भारतबाट चोरी तस्करी भएर खानेतेल भित्रिएको उनै अध्यक्ष दुगड आफैले स्वीकारेका छन् । सो चोरी पैठारी सरकारकै कारण भएको भन्दै दोष समेत लगाएका छन् । यसरी चोरीपैठारी गर्नेमा उनै दुगड पहिलो नम्बरमा पर्ने समेत उनी निकट एक व्यवसायीले बताएका छन् ।

सो अबैधधन्दा नै चलाउदै आएका उद्योगीको साथमा भने चौधरी ग्रुप अन्तरगत रहेको नेपाल उद्योग परिसंघको समेत रहेको छ । साँचो बुझाउने र आन्दोलनमा पूर्ण समर्थन रहेको भन्दै परिसंघका अध्यक्ष विष्णु अग्रवालले बताएका छन् । नेपाली बजारमा वार्षिक ३ लाख टन खानेतेलको माग रहेको छ । सो माग धान्न उद्योगीहरुले अबैध रुपमा तेल ध्यू चोरी पैठारी गरि नेपाल भित्राउदै आएका छन् । भने मासिक रुपम ाटनका टन तेल अबैध रुपमा नेपाल ल्याउने गरेको समेत पाइएको छ ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई प्रभावमा पारी तेल उद्योगीले कर घटाउन सफल भएका थिए । मन्त्री शर्माले राजस्व अनुमान नै नगरी ९० प्रतिशत कर छुट गरिदिएका थिए । ९० प्रतिशत राजस्व छुट पाएर उद्योगीले तेलको मूल्य भने घटाउन अस्वीकार गर्दै आएका थिए ।

मूल्य नघटाउन सबै उद्योगी एक भएका थिए । एकता नै बल हो भनेर राम्रो नाफा गर्दै आएका तेल उद्योगीहरु महत आएपछि ठेस लागेको छ । भन्सार विभागका अनुसार भन्सार उपशीर्षक १५०७।१०।००, १५११०।१०।०० र १५१२।११।०० मा ७६ अर्ब ६८ करोड बराबरको आयात भएको छ । यी शीर्षकमा सूर्यमुखी तेल, भटमासको तेल र पाम तेल आयात हुने गरेको छ ।

यी शीर्षकमा मात्रै व्यवसायीले चालु वर्षको साउनदेखि बैशाखसम्म छ अर्ब ९० करोड रुपियाँ बराबर राजस्व छुट लिएका छन् । भन्सार महसुल भरी छुट पाए पनि उपभोक्तालाई भने उद्योगीले छुट दिएका थिएनन् । उल्टै विभिन्न बहानामा तेलको मूल्य बढाउने प्रयास गर्दै आएका थिए । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको सुन्ने बित्तिकै मूल्य वृद्धि गर्न हतारिने उद्योगी घटाउन भने कहिल्यै अघि बढ्दैनन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!