एनआईसी बैंकको ठगी धन्दा : ऐनको गलत व्याख्य गर्दै भ्रम छर्दैं (ऐन सहित)

- June 6, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । एनआईसी एसिया बैंकले सरकारले जारी गरि कार्यान्वयनमा समेत गरि सकेको ऐन कानुनलाई नै भ्रामक व्याख्य गरि ग्राहक तथा ऋणीलगायत पत्रकारलाई समेत भ्रमित बनाउदै आएको छ । ३ महिना अघि सो बैंकले आफुखुशी ऋणीको घरघर र पसलपसलमा सुरक्षागार्ड तैनाथ गरेर विद्यमान ऐनलाई समेत हातमा लिई अबैधधन्दा चलाउदै आएको सो बैंकको समाचार तीव्रखबर डटकमले प्रकाशन प्रशारण गरेको थियो ।

तत्कालिन समयमा बैंकका सिईओ रोशनकुमार न्यौपानेलाई सम्र्पक गर्दा उनी सम्र्पकमै आएनन । पछि इमेलमार्फत सो विषयमा जानकारी माग गर्दा धेरै ढिला गरि दिएको उत्तरमा सो भ्रामक कुरा उल्लेख गरिएको छ । यसरी विद्यमान ऐनको गलत व्याख्य गर्दै ऋणीहरुको सम्पत्ति कब्जामा लिदै आएको सोही विवरणबाट खुलेको छ ।

विशाल ग्रुप अन्र्तगतको एनआइसि एसिया बैंकले ऋणिहरुलाई अनेक जालझेल बुनेर ग्राहकहरुलाई उठिबास लाउने कार्य समेत गर्दै आएको दुखेशो पीडित पक्षले गरेका छन् । ऋणीले कर्जा तिर्छु भनेर समयको माग गर्दा पनि बैंकले एकलौटी रुपले कानुनको धज्जी उडाउँदै सबै सम्पती आफ्नो कब्जामा लिने कार्य गर्दै आउदा समेत नेपाल राष्ट्र बैंक मुकदर्शक भएर बसेको छ ।

बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि भन्ने नारा लिएर विशाल ग्रुप अन्तरगतको एनआईसी एसिया बैंकले ग्राहकहरुलाई भ्रमम छर्दै उनीहरुको सम्पत्ती हत्याएको पाइएको छ । सुरुमा साथी बनेर ऋण दिने अनि पछि अनेक कानूनी झमेला बुनेर एनआइसि बैंकले ग्राहकहरुको उठिबास लाउने गरेको खुलासा भएको हो ।

करोडौ रुपैंया ऋण दिएर बैंकले सर्वसाधारणको अर्बाैं सम्पती झ्वाम पारेर, सडकको बास बनाउने गरेको छ । वर्षाैं देखि ठगि धन्दा चलाउँदै आएको एनआइसि एसिया बैंकले ऋणीको घरघरमा सुरक्षागार्ड तैनाथ गरि प्रति दिन १ हजार रुपैयाँ ऋणीबाटै असुल समेत गरेको पाईएको छ ।

एनआइसि एसिया बैंकले ऋणीलाई विभिन्न समस्या परेको र पार्दै ऋण नतिरेको भन्दै सम्पत्ति लिलामीको प्रक्रिया भित्रभित्रै गर्ने र थाहा नै नदिई दलालमार्फत घितो लिलाम समेत गरिसक्ने अबैध कार्य समेत सो बैंकले गरेको गुनासो पीडित ऋणीले गरेका छन् । सो बैंकले लिलामिको प्रक्रिया धितोको साबिक मुल्य भन्दा अत्यन्तै कम मुल्यांकन गरी बैंंकले उक्त सम्पती हड्ने गरेको आरोप लागेको छ ।

लिलाम सकार गर्दा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०६३ को दफा ५७ (१) अन्तर्गत हुन सक्ने भए पनि जग्गाको लिलाम सकार गर्दा सम्बद्ध कानुन प्रतिपादित कानुन तथा नजिर सिद्धान्तलाई समेत प्रकियाको अनुशरण गर्नुपर्ने भए पनि सो बैंकले भने नगरि घितो लिलाम गर्दै आएको बताइएको छ ।

र यो पनि…

एनआईसी बैंक र कर्पोरेट हाउसले रकम असुली गर्न ‘गुण्डा’ परिचालन : सरकारी निकाय मौन

एनआईसी बैंकको दादागिरीमा राष्ट्र बैंक मौन : नियम लत्याउदै ऋणीको घरमा गुण्डा परिचालन

एनआईसी बैंकको दादागिरी : ऋणीको घरमा तैनाथ ग¥यो सुरक्षा गार्ड, राष्ट्र बैंक मुदर्शक

एनआईसी एशियाको अबैध गतिविधिमा राष्ट्र बैंककै संलग्नता

मिटरब्याजकै शैलीमा एनआईसी एसिया बैंकको ब्याजदर आतंक !

एनआईसी एशिया बैंककाे सर्वोच्च अदालत भित्रै गैरकानुनी हर्कत

एनआईसि बैंकको अबैधधन्दामा राष्ट्र बैंकको संलग्नता : सो बैंकको नाम म्यासेजमा देखेपछि प्रबक्ता भट्टले उठाएनन फोन

नेपाल इन्जिनियरिङ कलेजका कर्मचारीले घेरे एनआईसी एशिया बैंक

ऋणीको जग्गा  हडपेको एनआईसी एशियाको एउटै मुद्दा लड्न २३ जना वकील

राष्ट्र बैंक बेखबर : एनआईसी एसियामा जयबहादुरको यस्तो कर्तुत

मिटरब्याजकै शैलीमा एनआईसी एसिया बैंकको ब्याजदर आतंक !

नेपाल एक्स टु सेक्युरीटी सर्भिसको ठगी, पिडित सुरक्षागार्डको यस्तो रोदन

भारतीय मूलका व्यापारीद्वारा सञ्चालित बैंकले अदालतको समेत निर्देशनलाई अवज्ञा गर्दै ऋणीको सम्पत्तीमा डोजर चलाएर आफुखुशी बिक्री गर्ने गरेको आरोप समेत लागेको छ । राष्ट्र बैंकमा एनआईसी एसिया बैंकको अनुचित प्रभाव र त्यसबाट लिँदै आएको अनुचित सुविधा अरु बैंकका लागि आश्चर्यको विषय बन्दै आएको छ ।

अदालतमा पनि बैंकको त्यस्तै अनुचित प्रभाव देखिनुले न्याय प्रशासन भित्रको डरलाग्दो चित्र बाहिर आएको छ । एनआइसि एसिया बैंकबाट ठगिएका पीडित ऋणीहरु अहिले मिडियाको सम्पर्कमा आउने क्रममा समेत बृद्धि हुदै गएको छ । काठमाडौं जस्तो ठाउँमा बसेर अर्बाै रुपैंयाको कारोबार गर्ने ऋणीलाई विभिन्न समस्यामा पारेर उठिबास लगाई बैंक पनि साथी भन्दै गाउँ गाउँ पसेको एनआइसि एसिया बैंकले कति सोझा साझा जनता ठग्यो होला ? कतिको घरबार उजागड ग¥यो होला ? कतिलाई घरबारविहिन बनायो होला ? सहजै अनुमान लाउन सकिन्छ भन्दै एक पीडित ऋणीले नाम नलेख्ने सर्तमा प्रतिप्रश्न गरेका छन् ।

ती पीडित ऋणीले भने,‘त्यसैले साथीको नाममा कलंक बनेर जनताको घर आँगन आएकाहरुलाई बेलैमा चिन्न सकिएन, अहिले हामी सो बैंकको दवाव र अबैधधन्दाबाट जोगिन सकिएन ।’ यस बिषयमा बुझ्न हामीले बैंकका सिइओ रोशनकुमार न्यौपानेलाई पटक पटक फोन सम्पर्क गरेका थियो । तर उनले हाम्रो फोन रिसिभ नै गरेनन् ।

बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन २०७३ को पूर्ण पाठ हेर्न यहाँ बैङ्क-तथा-वित्तिय-संस्था-सम्बन्धी-ऐन-२०७३ क्लिक गर्नुहोस् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!