विपन्नलाई १० प्रतिसत शैया नि:शुल्क नगर्ने अस्पताललाई कारवाही गछौं : स्वास्थ्यमन्त्री बस्नेत

- June 5, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले विपन्नका लागि १० प्रतिसत शैया निःशुल्क नगर्ने अस्पताललाई कारवाही गरिने बताएका छन् । नेशनल बाथरोग सेन्टरको दशौं वार्षिकोत्सवको अवसरमा मन्त्री बस्नेतले सो बताएका हुन । उनले विपन्न र असहाय विरामीको पहिचान गर्ने काम प्रत्येक वडालाई दिएको जानकारी गराउँदै वडा कार्यालयले पहिचान गरेर सिफारिसका आधारमा हरेक अस्पतालले विपन्न र असहाय विरामीको लागि १० प्रतिशत शैयामा निस्शुल्क उपचार गर्नु पर्ने बताएका हुन ।

अस्पतालहरुले विपन्नलाई निशुल्क उपचार गरे नगरेको स्वास्थ्य मन्त्रालयले अनुगमन गर्ने उनले बताए ।   वरिष्ठ बाथरोग विज्ञ डा. विनित बैद्यले नेशनल बाथरोग सेन्टरले देशका विभिन्न ८ स्थानमा साखा बिस्तार गरेर सेवा दिइरहेको बताउदै निजी क्षेत्रको एकल प्रयासमा सरकारले पनि हातेमालो गर्नु पर्ने बताए । सेन्टरका कार्यकारी निर्देशक रोशन कक्षपतिले आगामी ५ वर्ष भित्र सेन्टरले थप ७ जिल्लामा सेवा बिस्तार गर्ने जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!