प्रविन बेडवालको स्वरमा ‘तिम्रो साथ’ यतिबेला चर्चामा (भिडियोसहित)

- May 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल आइडल–३ का फस्ट रनरअप प्रविन बेडवाल स्वरमा “तिम्रो साथ” बोलको गीत यतिबेला चर्चामा छ ।

सफल संगितकार सबिन लिम्बुको संगित तथा कम्पोजका साथै ई. प्रमोद खतिवडाको शब्दमा सजिएको गीतमा युवा पुस्ताको माया प्रेमको विछोडको पीडालाई चित्रण गरिएको छ । उक्त गीतको म्यूजिक भिडियो बिभोर पोखरेलले निर्देशन गरेको हुन् ।

आयुब के.सी. र शोफी घरेलले सो भिडियोमा अभिनय गरेका छन् । भने मिलन शंकरले छायाङ्कन गरेका हुन् ।

उक्त गीत सार्वजनिक भएपछि गीतकार ई. खतिवडाले दर्शक श्रोताहरुको मायालाई सम्मान गर्दै गीतलाई रुचाउने जिम्मा दर्शकलाई छोडेको प्रतिकृया दिएका छन् । गीतको म्युजिक भिडियो पनि उत्कृष्ट बनाइएको छ ।

“यो गीतमा माया प्रेममा परेका जोडीहरुको पीडालाई सम्बोधन गरेकोले पक्कै सबैको मन जित्ने विश्वास रहेको ई. खतिवडाले उल्लेख गरे।

पेशाले निजामती कर्मचारी समेत रहेका गीतकार ईन्जिनियर खतिवडाको यो तेस्रो म्यूजिक भिडियो हो ।

भिडियो हेर्नुहोस्


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!