बागमती प्रदेशद्वारा पत्रकार कसजू पुरस्कृत

- May 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेटौंडा । पत्रकार एवम साहित्यकार सुरेश कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौंडामा पत्रकार कसजुलाई २० हजार नगदसहित अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको सञ्चार रजिष्ट्रार प्रमुख रेबती सापकोटोले जनाएका छन् ।

बागमती प्रदेशभित्रका ३० बर्ष भन्दा लामो समय पत्रकारितामा समर्पित पत्रकारहरुलाई पुरस्कृत गर्दै लाने उदेश्यका साथ यो पुरस्कारको शुरुआत भएको बताइन्छ । पुरस्कृत कसजू सिन्धुपाल्चोकका एक जुझारु पत्रकारका रुमपा परिचित रहेका छन् । २०४६ सालदेखि निरन्तरता पत्रकारितामा समर्पित कसजू अहिले पत्रकारितामा उत्तिकै सक्रिय र कृयाशिल रहेका छन् ।

अहिले कसजू सर्वपक्ष राष्ट्रिय दैनिक, जुगलखबर डटकम र सिन्धु सन्देश साप्ताहिकका सम्पादक र प्रकाशक रहेका छन् । पत्रकार कसुजुसंगै बागमती पत्रकारिता पुरस्कारबाट प्रभु जिरेल (दोलखा), बिकास पत्रकारिता पुरस्कारबाट अनिल ढकाल (चितवन), ग्रामिण पत्रकारिता पुरस्कारबाट शिव कुमार रिजाल (मकवानपुर), प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट शक्तिमाया तामाङ (नुवाकोट) र प्रदेश युवा पत्रकारिता पुरस्कार विक्रम रत्न (सिन्धुली) लाई पुरस्कृत गरेको सञ्चार रजिष्ट्रार प्रमुख सापकोटाले जनाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!