ललितपुरमा जुत्ता चप्पल मेला : आर्थिक समृद्धिमा टेवा पुग्ने आयोजकको दाबी

- May 29, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल जुत्ता चप्पल उत्पादक समूहले ललितपुरको फुटबल मैदानमा ‘प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला २०८०’ को आयोजना गरिएको छ । सो समूहले ललितपुरमा यही जेठ १७ गते मंगलबारदेखि एक महिनासमम जुत्ता चप्पल व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएको छ ।

मेलाका संयोजक दिवाकर गिरीले मेला असारको १७ गतेसम्म सञ्चालन हुने बताएका छन् । एक महिनासम्म सञ्चालन हुने सो मेलाबाट ५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेको समेत बताएका छन् । सो मेलामा स्वदेश ब्राण्डका जुत्ता चप्पलहरूमात्र राखिने दाबी आयोजकको रहेको छ ।

उपभोक्ता बिचमा परिचित गराउने र स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुची जगाउने उद्देश्यका साथ सो मेलाको आयोजना गरिएको फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नानिराज घिमिरेले बताएका छन् । उनले ‘स्वदेशी उत्पादनलाई माया गर्ने, स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने भावनाको विकास आम उपभोक्ता र सबै नेपालीहरूमा हुने हो भने देशमा सबै प्रकारका उद्योगहरू खुल्न सक्ने वातावरण बन्न सक्ने समेत बताए ।

अध्यक्ष घिमिरेले देशको अर्थतन्त्र थोरै भए पनि यो मेलाले सहयोग पु¥याउने दाबी उनले गरेका छन् । नेपाली उद्योगीका उत्पादक कम्पनीको सहभागिता रहने मेला बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म खुला रहने बताइएको छ । सो मेला अबधिभर जुत्ता चप्पलको खरिदमा न्यूनतम २० देखि ५० प्रतिशतसम्म छुटको समेत व्यवस्था गरेको बताइएको छ । औद्योगीकरणको माध्यमबाट मात्र देशलाई समृद्ध बनाउन सकिने भन्दै मेला पनि सो आर्थिक समृद्धिमा टेवा पु¥याउने कार्यमा सहयोग हुने दाबी गरिएको छ ।

बैंकको चर्को ब्याजदर, अनुभवी तथा अनुशासित श्रमशक्तिको अभाव, अनियन्त्रित चोरी पैठारी, वजारीकरणका समस्या, राजनैतिक अस्थिरताका कारण व्यवसाय कमजोर बनेका कारण सो मेला गर्नु परेको बताइएको छ । अध्यक्ष घिमिरेले फुटवेयर क्षेत्र जुत्ता चप्पलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउन सक्षम भएको दाबी गरे । अध्यक्ष घिमिरेले आम उपभोक्तालाई प्रत्यक्ष्य रूपमा व्यवसायीसँग सम्पर्क गराउनकैलागि पनि मेलाको आयोजना गर्नु परेको बताए ।

अध्यक्ष घिमिरेले जुत्ताचप्पलमा पूर्ण आत्मनिर्भर भएतापनि ६०–६५ प्रतिशत मात्रै जुत्ता बजारमा वितरण गर्न सकिएको समेत बताए । उनले देशको कुल माग १० करोड जोर थियो, त्यसमा नेपाली जुत्ता चप्पल उत्पादकहरुले आपूर्ति गर्न सकेको भनेको ५ करोड ६५ लाख जोरमात्र गर्न सकेको बताए ।

भने उता भन्सार विभागको तथ्याङकमा बैद्यानीक रुपमा नेपाल आयात भएको जुत्ता चप्पल भने २ करोडको रहेको छ । अध्यक्ष घिमिरेले राज्यसँग चोरीपैठारी नियन्त्रण, जुत्ता उत्पादनको लागतलाई हेरेर जुत्ता चप्पलको लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा लाग्ने भन्सारको करको दरलाई कम् गरिदिन माग गरे । फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका पुर्वअध्यक्ष होमनाथ उपाध्यायले बैंकिङ क्षेत्रमा देखिएको तरलता र कोरोना कहरले आर्थिक क्षेत्र कमजोर बनिरहेको यस उद्योगलाई चलायमान बनाउन मेलाको आयोजना गरिएको बताए । उनले हाल सहकारीमा देखिएको समस्याका कारणले व्यवसायी मारमा परेको उनको भनाइ थियो ।

मेलामा किरण शुज म्यानुयाक्चर्सको उत्पादन गोल्डस्टार, वेश फुटवेयरको उत्पादन विएफ डियर हिल र विएफ स्पोर्ट, लालिगुरास फुटवेयरको क्रस रोड शुज, शुभकामना फुटवेयरका फस्टवाक शुजको फस्टवाक, रोयल शु इण्डष्ट्रिजको उत्पादन रोयल शुज, नमस्ते फुटवेयरको सिल, सुरभी पोलिमर्सको हाई लाईफ, केटिएम शुजको केटिएम, डिजे शुज कम्पनीको डिजे शुज गरी ९ वटा कम्पनी र ब्राण्डहरुको सहभागिता रहनेछ । उता अर्को समुहले भृकुटीमण्डपमा बाह्रै महिना जस्तो जुत्ता चप्पल मेला लगाउदै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!