ढोरपाटन नगरपालिकाका मेयर नेपालीलाई पक्राउ गर्न सिआईबीमा पत्राचार

- May 27, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । बचतकर्ताका बचत हिनामिना गरेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पक्राउ गर्न केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी) मा पत्राचार गरिएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत रहेका मेयर नेपालीलाई देश बाहिर जान सक्ने भन्दै तत्काल खोजतलास गर्न र पक्राउ गर्न भन्दै सिआईबीलाई पत्र पठाइएको हो ।

उनलाई बागलुङ जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयलाई देशबाहिर जान रोक लगाउन पत्र पठाएको बताएको हो । प्रशासनले गृह मन्त्रालयलाई समेत जानकारी गरिसकेको छ । नेपालीलाई देश बाहिर जान रोक लगाउन भन्दै अध्यागमन विभागलाई समेत त्र पठाइसकेको बुझिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालय बागलुङले संघीय सहकारी विभागलाई पनि पत्राचार गरेको विभागले जनाएको छ । विभागले इमेज सहकारी आफ्नो क्षेत्राधिकार भित्र नपर्ने जनाएको छ । तर, समन्वय गर्ने काम भने गरेको छ । अहिले मेयर नेपाली सम्पर्कविहिन छन् । मेयर नेपालीले तनावले केही दिन आराम गर्न सम्पर्कबाहिर रहेको बताएका थिए ।

आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा पत्र लेख्दै उनले आराम गर्न सम्पर्कबाहिर रहेको बताएका थिए । आफन्तमार्फत प्रहरीलाई चिठ्ठी पठाएका उनले आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने सम्पर्कबाहिर रहेको उल्लेख गरेका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!