संसदको रेकर्डबाट भ्रष्ट्राचार शव्द हटाउने सहमति भएपछि संसद चल्ने

- May 27, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । संघिय सभाको बैठकमा साँसदहरुले नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपी ओलीले पशुपतिनाथको मन्दिरमा नलहरी हाल्दा भ्रष्ट्राचार भएको त्यसको छानविन गर्नु पर्ने माग राख्दै संसदमा बोलेपछि संसद अबरोध गरेको एमालेले संसदको रेकर्डबाट सो शव्द हटाउने सहमति पछि संसद चल्ने भएको छ ।

तीन दलका शीर्ष नेताहरुको बैठकमा पशुपतिनाथको जलहरीका विषयमा संसदमा उठेको विवादमाथि छलफल भएसंगे सो शव्द हटाउने सहमति भएको हो । यस विषयमा प्रधानमन्त्री पुष्कपकमल दाहाल प्रचण्डले संसदमा सम्वोधन गर्ने सहमति भएको छ । साथै सांसदले दिएको अभिव्यक्ति रेकर्डबाट हटाउने पनि समझदारी भएको एमालेका सचेतक पदम गिरीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले जलहरी लगाउने विषय पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित रहेकाले तत्कालीन प्रधानमन्त्री केपी ओली यसमा नजोडिने स्पष्ट पारेका थिए । प्रधानमन्त्रीको भनाइ उद्वृत गर्दै गिरीले भने, ‘सरकारको काम बजेट छुट्याइदिने मात्रै हो । भ्रम सिर्जना हुने गरी तथ्यहिन र आधारहीन अभिव्यक्ति दिनु गलत भएकै हो । यसलाई गलत भनेरै जानुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले आजै संसदमा सम्वोधन गर्ने र संसद सुचारु हुने सहमति भएको छ । आगामी दिनमा पनि यस्ता तथ्यहिन आरोपहरु संसदमा नलगाउन प्रधानमन्त्रीले सांसदहरुलाई अनुरोध गर्ने सहमति भएको गिरीले बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!