टिकटक रियालिटी शो को अडिसन खुल्ला

- May 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एन्टिना घनश्याम

काठमाडौँ। अमेरिका बसोबास गर्दै आएका युवाहरुको समुहले द पारा भ्वाइस टिकटक रियालिटी शो कार्यक्रम सार्वजनिक गरेका छन् । बि एन कार्गो एलएलसी अमेरिका तथा एक्सन फिल्मस काठमाडौँको संयुक्त आयोजनामा नेपालमा टिकटक रियालिटी शोको अडिसन खुल्ला गरिएको छ ।

द पारा भ्वाइस टिकटक रियालिटी शो नामकरण दीइएको उक्त कार्यक्रममा नेपालमा बसोबास गर्दै आएका भुटानी या नेपाली प्रतिभाहरुले प्रतिस्पर्धा गर्न पाउने उक्त रियालिटी शोका संयोजक युवराज खत्रीले जानकारी दिएका छन् । सामाजिक संजालमा अझ विशेष गरी टिकटकमा फैलिरहेको नकारात्मक विषय वस्तुहरुलाई दुरुत्साहित गर्दै नेपाली गायन प्रतिभाहरुलाई प्रोत्साहन गर्ने गरी विश्वभरी छरिएर बसेका उर्जाशील नविनतम सकारात्मक सोच बोकेका नेपाली युवाहरुको संयोजनमा यो रियालिटी शो गर्न लागिएको आयोजक सस्था बि एन कार्गो एल एल सी अमेरीकाका संचालक बिक्रम कुँवरले बताए ।

क्षमता भएका गायन प्रतिभाहरु, जसले अवसर नपाईरहेको परिबेशमा यो रियालिटी शो कोशेढुङ्गा साबित् हुनेकुरा कार्यक्रम निर्देशक कृष्ण घिमिरेले उल्लेख गरे । उक्त रियालिटी शोमा बिजेता हुनेले १ लाख तथा गीत रेकर्डिङ गर्न पाउने छन । द्धितिय र तृतीय हुनेले क्रमश पचास हजार र बिस हजार सहित नगद, प्रमाण पत्र तथा ट्रफी प्राप्त गर्नेछन ।

अमेरिका बसोबास गर्दै आएका नेपाल र नेपाली कला, संस्कृति र भाषालाई माया गर्ने बि एन एल एल सी का संचालक तथा उक्त रियालिटी शोका कार्यक्रम निर्माताहरु नरेश पोर्तेल, बिक्रम कुँवर, पाब्लो क्षेत्री, कृष्ण घिमिरे, रोशन तामाङ्ग, अंकित श्रेष्ठ र मिस्टर गुरुङ लगाएतले आफ्नो रियालिटी शो सफल हुनेमा दावी गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!