रेशम चौधरीको आम माफी प्रस्ताव राष्ट्रपतिद्वारा फिर्ता

- May 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको आम माफी सम्बन्धित प्रस्ताव फिर्ता पठाएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो । राष्ट्रपतिको पौडेलको सचिवालयका अनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो ।

रेशम चौधरीको आम माफीसम्बन्धी प्रचलित कानुन, सर्वोच्चको फैसला, सर्वोच्च अदालतद्वारा प्रतिपादित सिद्धान्त विपरित नहुने गरि कानुन बमोजिम गर्न भनेर राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको उनले सचिवालयले जनाएको छ । साथै टिकापुरमा हत्या भएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा बोहराले राष्ट्रपति कार्यालयमा निवेदनलाई राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा कार्यार्थ पठाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!