सरकारी सूचीमा सार्वजनिक यातायातको भाडा घट्यो : बस व्यवसायीले गरेनन् कार्यान्वयन

- May 26, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडादर घटेको बताईपनि यात्रुहरुले सो घटेको भाडादरमा यात्रा गर्न भने पाएका छैनन । सरकारी निकायबाट अनुगमन र अनुसन्धान नभएकै कारण सरकारी सूचीमा भाडादर घटेको जनाएनि बस व्यवसायीहरुले भने भाडादर नघटाई पुरानै भाडा असुली गर्दै आएका छन् ।

बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको जनाएको छ । जसअनुसार काठमाडौँ उपत्यकाबाहिर प्रदेशभित्र पुग्ने रुटहरुको बस भाडा निर्धारण भएको छ । नेपाल आयल निगमले डिजेलको भाउ घटाएको ९ दिनपछि बागमती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको उल्लेख गरेको छ ।

काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार दशमलव १८ प्रतिशत घटाइएको बताइएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै २०७९ साउन ५ देखि बढाइएको भाडा अहिले पेट्रोलियम पदार्थको मूल्य घटेपछि भाडा दर पनि घटाइएको हो।

प्रदेश भाडा निर्धारण–समायोजन तथा विद्युतीय भाडा भुक्तानी नियमावली,२०७८ को नियम ६ को उप नियम ९२०ले दिएको अधिकार प्रयोग गर्दै भाडा घटाइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार २०८० जेठ ८ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार आज (शुक्रबार) देखि लागू हुने गरी दूरीअनुसार नयाँ भाडा दर कायम गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै नयाँ भाडा दर कायम भएको उल्लेख गरेको छ।

र यो पनि…

गाडी भाडा घट्यो (सूची सहित)

‘हेलम्बु र अरनीको’ यातायातको एकाधिकार : रोकिएन मनोमानी बसभाडा असुली

आमा याङ्ग्री र सिन्धु हेलम्बु यातायातको ठगी : सुपरको नाममा तेब्बर भाडा असुली

पेट्रोल, डिजेलको मूल्य बढ्दा भाडा बढाउन सरकारलाई दबाब दिने यातायात व्यवसायीहरु घट्दा किन मौन !

सार्वजनिक यातायातको सेवामा आएन सुधार : यात्रुमाथी भेडा बाख्राको व्यवहार

यातायात व्यवसायीद्वारा दैनिक यात्रु लुटिदै : न्यूनतम भाडा १८ असुली २० !!!

राजधानी भित्रने यातायात : बढी यात्रु बोक्दै, मनपरी भाडा अशुल्दै


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!