हेटौडा । नेपाली काँग्रेसमा योगदान दिने साँसदलाई पाखा लगाउदै भखैरै काँग्रेस प्रबेश गरेका व्यक्तीलाई बागमती प्रदेशको मन्त्रीमा नियुक्त गरेसंगै काँग्रेसभित्र अहिले बिद्रोह चर्किएको छ । संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको दवावकै भरमा बागमती प्रदेशमा नेपाली काँग्रेसले जुनियर व्यक्तीलाई मन्त्रीमा नियुक्त गर्न सफिरिस गर्नु परेको एक काँग्रेसी नेताले बताएका छन् ।
यसरी संघका मन्त्रीको दबाबमा मसिना खड्का भण्डारीलाई वन तथा वातावरणमन्त्रीमा नियुक्त गरिएको दुखेशो पोखेका छन् । मसिना नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएको ३ वर्षभित्रै प्रदेशसभा सदस्यदेखि प्रदेश मन्त्रीसम्म पड्काउन सफल भएककी छिन् । उता संघको स्वास्थ्यमन्त्री बन्न समेत पार्टी सभापति शेरबहादुर देउवाको पत्नी आरजु राणाको फेर समाएर दवावमै मन्त्री बनेको पार्टीभित्रै चर्चा चलेको छ ।
पार्टीभित्रै चर्को असहमतिका बिचपनि सभापति देउवाले घरको दवाब थेक्न नसकेर बस्नेतलाई मन्त्रीमा सिफारिस गरेको शेखर कोईराला समुहले जनाएको छ । उता उनै बस्नेतको दववामै सर्जिकल व्यापारीलाई मन्त्री बनाएर चुनाबमा लिएको रकमको गुण तिरेको समेत आरोप लागेको छ ।
नेपाली कांग्रेसका ‘भेट्रान’ नेताहरुलाई पाखा लगाउँद मसिना बागमती प्रदेश सांसददेखि वन तथा वातावरणमन्त्री बनेसंगै दलभित्र चर्को असन्तुष्टी बढ्दै गएको छ । नेपाली कांग्रेसको महाधिवेशन हुनुभन्दा डेढ वर्ष अगाडि मात्र मसिनाले नेपाली कांग्रेसको क्रियाशिल सदस्य लिएकी थिइन् ।
काठमाडौंको त्रिपुरेश्वरमा विकास सर्जिकल हाउस चलाएर बसेकी मसिना कांग्रेस नेता बस्नेतको टिमबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । त्यसलगत्तै टिकट लिएर उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (क) बाट बागमती प्रदेशसभा सदस्यमा चुनाव जितिन् । सो टिकट समेत बस्नेतले ५ करोड रुपैयाँ लिएर मसिनालाई बिक्री गरेको आरोप सिन्धु काँग्रेसकै नेताहरुले लगाएका छन् ।
सर्जिकल हाउस चलाएर ‘अथाहा’ सम्पत्ति जोड्न सफल मसिनाले छोटो समयमै सांसद हुँदै मन्त्री समेत बनेपछि उनको अबैधधन्दामाथी छानविन हुने बाटो समेत बन्द गर्न लागि परेको आरोप काँग्रेसकै कृयाशिल सदस्यहरुले लगाएका छन् । बागमती प्रदेशसभा सदस्यमा हरिप्रभा खड्गी र मसिना मात्र प्रत्यक्ष निर्वाचित हुन् ।
उनीहरूमध्ये मसिनाभन्दा खड्गी नै पार्टीमा गरेको योगदानका आधारमा मन्त्री हुनु पर्नेमा त्यसो हुन भने सकेन । नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिंह लामा (तामाङ) लाई जिताउन विशेष भूमिका खेलेका बस्नेतको सिफारिस अनुमोदन गर्नुको बहादुरसँग विकल्प नभएको समेत बताइएको छ ।
वन मन्त्रालयमा जिल्लास्तरसम्म ठूलो संरचना छ । डिएफओ सरुवामा माथिबाट हस्तक्षेप हुँदा वनमन्त्री विवादमा आउने पनि उत्तिकै सम्भावना छ । मन्त्री बनाउनेहरूले मन्त्रालय चलाउन खोजे भने मसिनालाई त्यसको भारी थेग्न मुस्किल हुने देखिन्छ । यति छोटो समयमा प्रदेश सांसददेखि मन्त्रीसम्मको यात्र तय गर्नु भने मसिनाका लागि ठूलो उपलब्धिको कुरा हो ।
तर, उनी कसरी आफ्नो छबि जोगाएर काम गर्छिन भन्ने उत्तिकै चुनौतीको विषय छ । यता स्वास्थ्यमन्त्री मोहनसँग टस्सल पर्दा बागमती प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री बनेका निर्वाचित प्रदेशसभा सदस्य निमा लामा टिकट पाउनबाटै बञ्चित हुन पुगे । बाहलवाला मन्त्रीले पाउन लागेको टिकट खोसेर मोहनले कृष्णकुमार तामाङलाई ५६ लाख रुपैयाँमा बिक्री गरेको आरोपको समेत उत्तर दिन मन्त्री बस्नेतले सकेका छैनन् ।
प्रतिक्रिया