अख्तियार प्रमुख प्रेम नै नक्कली भुटानी शरणार्थीे प्रकरणमा संलग्न : पैसा लिदै काम गरिदिदै

- May 24, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारका रुपमा लिइएका सानु भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै प्रमुख प्रेम राईलाई नै प्रयोग गरेर करोडौ रुपैयाँ नेताहरुको घरघर पु¥याउने कार्य गर्दै आएको बयान दिएपनि अहिले सो मुद्दाले अर्को रुप लिन पुगेको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापाकी पत्नी नैनाकला थापालाई मन्त्री क्वार्टर पुल्चोकमै पुगेर १ करोड रुपैयाँ दिएको बयान दिएको र सो कार्यमा पनि अख्तियार प्रमुख राई नै संलग्न भएको बयान दिएपछि मुद्दाले अर्को रुप लिएको हो। सो समयमा प्रेमकुमार राई तत्कालिन गृहसचिब रहेका थिए । भण्डारीले तत्कालीन गृह सचिव राईको गाडीमा १ करोड रुपैयाँ राखेर तत्कालिन गृहमन्त्री रामबहादुर थापाको श्रीमतिलाई सो रकम मन्त्री क्वाटरमै लगेर बुझाएको बयान दिएका छन् ।

भण्डारीका अनुसार इन्द्रजीत राईले ‘यो गाडी सचिव ज्यूको हो’ भन्दै उक्त रकम गाडीमा राख्न लगाएर सचिवको कार्यकक्षमा बोलाएका थिए । त्यसपछि राईले ‘अब तपाईंहरुको काम हुन्छ, तपाईंहरु जानु’ भनेर विश्वास दिलाएको भण्डारीको बयानमा उल्लेख छ । टोपबहादुर रायमाझीलाई २०७६ आसर २८ गते ललितपुरस्थित उनको घरमा गई १ करोड ६० लाख दिएको र बाँकी ४० लाख रुपैयाँ उनको छोरा सन्दीप रायमाझीलाई भुक्तान गरेको बताएका छन् ।

भण्डारीको डायरीमा उल्लेख भए अनुसार २०७४/१/४ देखि २०७४/१२/३० सम्म पटक ६९ लाख ६५ हजार ५०० रुपैयाँ सन्दीप रायमाझीलाई दिएको पनि स्वीकार गरेका छन् । टोपबहादुर रायमाझीले आफू र आफ्नो परिवारलाई समेत भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु, त्यसको लागि रकम दिनुपर्छ भनेको हुँदा सो रकम बुझाएको बयानमा जिकिर गरेका छन् ।

सो डायरीमा २०७३/१२/१० देखि २०७४/२/१० सम्म ३ पटक गरी टोपबहादुर रायमाझीले ५ लाख ४५ हजार रुपैयाँ लिएको पनि उल्लेख गरिएको छ । त्यो पनि भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने प्रयोजनका लागि नै बुझाएको भण्डारीले थप बयानमा स्वीकार गरेका छन् ।

डायरीमा उल्लेख भएअनुसार २०७६/३/२ गते इन्द्रजीत राईका छोरा निरज राईलाई ५० लाख रुपैयाँ, २०७६/३/२३ मा ३५ लाख रुपैयाँ र २०७६/३/२६ मा निरज राई र इन्द्रजीत राईलाई ६५ लाख रुपैयाँ दिएको कुरा पनि सानु भण्डारीले स्वीकार गरेका छन् । उनले डायरीमा हिसाबपछि सम्झाना हुन्छ भनेर टिपेको बयानमा बताएका छन् । आफूले रकम दिए पनि इन्द्रजीत राईले अमेरिका नपठाएपछि रकम फिर्ता माग्दा प्रेमकुमार राईको नाम लिई धाक धम्की दिने गरेको पनि बयानमा दाबी गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!