काठमाडौं । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद विस्तार गरे लगत्तै माओवादीले सरकार छाड्ने निर्णय गरेको हो । माओवादी केन्द्र संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले जानकारी दिए । मन्त्रालय भागबण्डाका लागि सोमबार बसेको दलहरुको बैठकमा माओवादीले दुईवटा मन्त्रालयमा दाबी गरेको थियो । तर बैठकमा सहमति जुटेको थिएन ।
प्रतिक्रिया