रविले अमेरिकी नागरिकता र राहादानी त्यागेको प्रमाण सकेनन पेश गर्न

- May 22, 2023 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा आफ्नो कार्यालयसंग नभएको र सो विषयमा आफु जानकार नरहेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले अदालतमा जवाफ पठाएसंगै लामिछानेको काला कर्तुत बाहिर आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अदालतलाई पठाएको पत्रमा कार्यालय पूर्ण रुपमा अनविज्ञ रहेको व्यहोरा उल्लेख गरि पत्र पठाएपछि लामिछानेले अहिलेसम्म झुटो र भ्रामक कुरा बोली छल गरेको समेत प्रष्ट हुन आएको छ ।

सर्वोच्च अदालतले जिल्ला प्रशासनसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा भए उपलब्ध गराउन पत्र पठाएको थियो । अदालतको पत्रको जवाफमा कार्यालयले राहदानी त्याग सम्बन्धी निस्सा यस कार्यालय सम्बन्धित नरहेको उल्लेख छ ।

अदालतले अध्यागमनसँग पनि सोही प्रकृतिको निस्सा माग गरेकोमा यस अगाडि लामिछानेको मुद्दाको सवालमा सक्कल फाइल पठाएको र सो अदालतमै रहेको उल्लेख छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले उनको नागरिकता निष्क्रिय रहेको प्रमाणित गरेपछि उनले नेपाली नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट पुनस् सक्रिय गराएका थिए ।

लगत्तै उनले राहदानी विभागमा गएर आफू अमेरिकी नागरिक हुँदाहुँदै नेपाली नागरिक हुँ भन्दै लिएको नेपाली राहदानी समेत फिर्ता गरेका थिए । उनी विरुद्ध राहदानी दुरुपयोगमा परेको जाहेरीमा प्रहरी हुँदै न्यायाधीवक्ताको कार्यालयले दुरुपयोगको नियत नदेखिएको भन्दै मुद्दा दर्ता गर्नु नपर्ने निर्णय भन्दै उन्मुक्ति दिएको थियो । तर सर्वोच्च अदालतमा मुद्दा परेपछि सो पत्र माग गरिएको थियो ।

युवराज सफलले दर्ता गरेको रिटको आधारमा अगाडि बढेको मुद्दा प्रक्रियाको क्रममा अदालतले जिल्ला प्रशासन र राहदानी विभागसँग अमेरिकी राहदानी त्यागेको निस्सा प्रमाण मागेको थियो । उनको नागरिकता निष्क्रिय रहेको अदालतबाट ठहर भएसँगै चितवन २ मा उपनिर्वाचन भएको थियो ।

उपनिर्वाचनमा उनी नै निर्वाचित भएर आए। यता उनले निष्क्रिय रहेको नेपाली नागरिकता सक्रिय गराउँदा जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनले बुझाएको प्रमाण नेपालस्थित अमेरिकी दूतावासबाट प्रमाणितै नगरी एकै दिनमा नागरिकता प्रमाण पत्र दिएको थियो जुन कुरालाई नै हाल लामिछानेको मात्र एकल कमजोरी नभई प्रशासन कार्यालयले पनि गरेको त्रुटिको रुपमा हेरिएको छ ।

सफलले उनले नागरिकता लिँदा अमेरिकी नागरिकता त्यागेको निस्सा माग गर्दै राहदानी दुरुपयोगमा उनी विरुद्ध मुद्दा नचल्ने न्यायाधीवक्ताको कार्यालयको निर्णय उल्टाउन माग गर्दै रिट दायर गरेका थिए। रिटमा कारण देखाउन आदेश जारी भइसकेको छ । मुद्दा सर्वोच्चमा विचाराधीन छ।

अदालतमा विचाराधीन रहेको मुद्दामा कुनै फैसला त जरुर आउला तर लामिछानेले बारम्बार सिंगो देशको नियम र कानुनलाई धज्जी उडाएको विषयलाई भने नकार्न सकिने अवस्था अब छैन । नागरिकता र राहादानी जस्तो अति संबेदनशील र स्वीकार्ने नसकिने कमजोरीहरुको चाङ्ग आफ्नो काँधमा बोकेर हिंडेका लामिछाने अफ्मो कमजोरीलाइ भने देख्दै देख्दैनन उनि अझैपनि अरुलाई गलत देखाउन र अरु विरुद्द विष बमन गर्न मात्रै व्यस्त छन् ।

उसो त मंसीरमा भएको प्रतिनिधि सभा निर्वाचनको अगाबै उनको नागरिकताको सवालमा प्रश्न नउठेका भने होइन । फर्जी नागरिकता गोजीमा बोकी त्यसैको प्रयोग गरि टेलिभिजनमा थरि थरिका कार्यक्रम चलाउनदेखि टेलिभिजन खोल्न भ्याएका उनले सिंगो निर्वाचन आयोगलाई पंगु बनाएर दल खोल्नदेखि २ पटक सम्म आफ्नो कमजोरी र त्रुटिलाई छिपाएर निर्वाचन लडेका रविले राज्यसत्तालाई त ढाटे ढाटे उनलाइ बैकल्पिक र नयाँ भन्दै भारि आशा र भरोशाका चाङ्ग बोकेर उनलाई निर्वाचित गराउने चितवन २ को जनताको बिश्वासमाथि भद्दा मजाक र होलि खेलेको समेत बताइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!